जनकपुरधाम- जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह विजयी भएका छन्। साहले १ हजार ५ सय ३९ मत प्राप्त गरी जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४ सय ३५ मत प्राप्त गरे।
संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह १ हजार १ सय ३३ मत प्राप्त गरी विजयी भए। यसैगरी, उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी निर्वाचित भए। महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भइन्।
संघको महासचिवमा जितेन्द्रकुमार महासेठ ९ सय ५३ मत ल्याई निर्वाचित भए। सचिवमा विकास साह र कोषाध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन्।
महिला सदस्यमा आशाकुमारी यादव र एसोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।