काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले खाना पकाउने ग्यासको पाइपसम्बन्धी नयाँ गुणस्तर निर्धारण गरेको छ।
नेपाल गुणस्तर परिषद्को, परिषद्का अध्यक्ष एवं उद्योगमन्त्री सुनिलबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेकोे बैठकले खाना पकाउने ग्यासमा प्रयोग हुने पाइपसम्बन्धी नयाँ गुणस्तर भएकाले आगामी समयमा अनिवार्य गुणस्तरका रुपमा लागू भई एलपिजीसम्बन्धी दुर्घटना न्यूनीकरण हुने भन्दै नयाँ गुणस्तर निर्धारण गरेको हो।
यस्तै परिषद्ले टेक्स्टायलमा प्रयोग भएको सेन्थेटिक तथा प्राकृतिक फाइबरको मिश्रणको कार्यमा सहयोग पुग्ने भनी टेक्स्टाइल परिणात्मकको भाग १, २, ३, ४, ५, ७, ८, ११, १२, १५,१८, १९, २०, २१ र २५ सम्मलाई पनि नयाँ गुणस्तर निर्धारण गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।