complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

तातोपानी नाका खोल्न चीनको यस्तो शर्त 

64x64
नेपाल लाइभ शुक्रबार, पुस २८, २०७४  २०:२५
1140x725

काठमाडौं- भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्ने विषयमा चिनियाँ पक्षले नेपालसँग एउटा शर्त अगाडि सारेको छ। चिनियाँ पक्षले नेपालसँग राखेको शर्त हो, सुरक्षाको प्रत्याभूति। 

सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जानकारी दिए। 

गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताए। 

जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भने, ‘तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि चिन फिङले नै चासो व्यक्त गर्नुभएको छ । नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक सो विषयमा कुरा उठेको छ ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिसँग गत वर्ष गर्नुभएको भेटमा समेत सो नाका खोल्ने विषयमा छलफल भएको जानकारी दिँदै उनले चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणमा सो विषयले प्राथमिकता पाएको तथा पछिल्लो पटक तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणमा समेत गम्भीर छलफल भएको दृष्टान्त पेश गरे।
‘तातोपानी नाका खोल्ने विषयमा चीन सरकारले उच्च चासो राखेको छ । भौतिक पूर्वाधारका कामसमेत भइरहेको मैले जानकारी पाएको छु, आशा गरौँ अब केही समयभित्रै सो नाका सञ्चालनमा आउँछ’, राजदूत पौड्यालले भने।

चीन नेपालको असल मित्र भएकाले नेपालले आर्थिक–भौतिक सहयोग पाएको तथा नेपाल र चीनबीच जनस्तरको सम्बन्ध रहेको बताउँदै उहाँले अब बन्ने सरकारले सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे।
कोदारी राजमार्गको स्तरोन्नति गर्न, भत्किएका पुल निर्माणमा समेत सहयोग गर्न चीन सरकारले चासो राखेको र हाल केही कामसमेत शुरु भइसकेको उनको भनाइ छ । राजदूत पौड्यालले तातोपानी नाका सञ्चालन आउने विषयमा दुविधा नराख्न आग्रह गर्दै सहज रुपमा व्यापार व्यवसाय गर्न पाउने व्यवस्था गर्न, महँगो भाडा नलिन र गैरव्यावसायिक व्यवहार नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

यही पुस ७ गते सिन्धुपाल्चोकका प्रजिअ र चीनका उनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो । चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङले जानकारी दिए। ‘चिनियाँ पक्षले ज्वाइन्ट कमाण्ड मेकानिज्म र ज्वाइन्ट कमाण्ड अफिस खडा गर्नुपर्नेमा जोड दिएका छन्, हामीले आवश्यक तयारी गरेर जवाफ दिने तयारी गरेका छौँ’ प्रजिअ तामाङले भने, ‘संवेदनशील विषयमा उच्च सुझबुझपूर्ण व्यवहार प्रदर्शन गरेर मात्रै तातोपानी नाका खुलाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले नेपालको जीवन रेखाका रुपमा परिचित कोदारी राजमार्ग खुलाउने विषयमा गम्भीरताका साथ पहल भइरहेको बताए। उनले भने, ‘छिमेकीका केही चासो र चिन्तालाई हामीले सम्बोधन गर्नुपर्छ । त्यसो हुँदा छिट्टै नाका खुल्छ । हामी त्यसमा विश्वस्त छौँ ।’ 
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य अग्निप्रसाद सापकोटाका विचारमा नाका खोलाउन हरसम्भव प्रयत्न भइरहेको र छिट्टै सफलता हात लाग्ने छ। 

उनले भने, ‘चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री तथा उच्च सरकारी तहमा गम्भीर छलफल भइरहेको छ । सकारात्मक सन्देश प्राप्त भएको छ ।’ हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले नाका खुलाउने विषयमा उच्च राजनीतिक तहदेखि स्थानीय सरकारले समेत पहल गर्नुपर्ने औँल्याए। रासस

प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्