• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोठी चलाउने वडाअध्यक्षलाई सफाइ, सिरिया र भारतमा चेली बेच्नेलाई २० वर्ष कैद 

64x64
नेपाल लाइभ बुधबार, साउन १, २०७६  २२:४७
1140x725

काठमाडौ- मानव बेचबिखन गम्भीर अपराध हो। प्रमाण र साक्षी राखेर यस्ता कार्य नहुने भएकाले पीडितको बयान नै प्रमुख मानेर मुद्दा दायर हुनेदेखि अदालतले फैसला गर्ने गर्दछ। 

मानव बेचबिखनका मुद्दाका अदालतले पनि अधिकत सजाय गर्ने गरेको छ। नेपालमा हुने मानव बेचबिखनमा  पछिल्ला दिनमा फरक शैली अवलम्बन हुँदै आएका छन्। पछिल्लो समयमा अफ्रिकादेखि चीन र कोरियासम्म नेपाली युवतीको तस्करी हुन थालेको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्दै गइरहेको विभिन्न प्रतिवेदनले देखाएको छ। पहिला पहिला विवाह र कामको लोभ देखाएर भारतमा महिला बेचबिखन हुँदै आएको थियो। 

तर पछिल्लो समयमा पासपोर्ट बनाएर अफ्रिकाको डान्सबारमा समेत नेपाली युवती बिक्री हुँदै आएको खुलासा हुदै आएको छ। मानव बेचबिखन यसरी विस्तार भईरहेको समयमा उच्च अदालतको दुई फैसला सार्वजनिक भएका छन्। 

सोमबार र मंगलबार भएका दुई फैसला उच्च अदालतका ४ न्यायाधीशले गरेका हुन्। 

भारतका विभिन्न ठाउँमा कोठीमा सञ्चालन गरेको आरोपमा तीन जना बेचिएका महिलाहरुको जाहेरी र बयानपछि मुद्दा लागेका नुवाकोटका वडाअध्यक्ष सुनबहादुर तमाङले सफाइ पाए। 

जिल्ला अदालत नुवाकोटले तीन जना बेचबिखनमा परेका नेपाली युवतीको बयानका आधारमा ३७ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो। 

उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तामाङलाई सफाइ दिने फैसला गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

उच्च अदालतले सोमबार सुनबहादुरलाई सफाइ दिँदै दाबी पुग्ने सजायसमेत स्थगित गर्न भनेको छ। जिल्ला अदालतको फैसलाविरुद्ध सुनबहादुरले २०७५ जेठ २४ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए।

उनीबाहेक सरकारी वकिलको तर्फबाट ३७ (नाम परिवर्तन) ले समेत पुनरावेदन गरेका थिए। उक्त पुनरावेदनमा कसैको पनि दाबी नपुग्ने फैसला उच्च अदालतले गरेको हो। 

नुवाकोट जिल्ला अदालतले २०७४ चैत ७ गते सुनबहादुरलाई दोषी ठहर गर्दै ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो। 

तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५३ सालमा चार महिलासहित पक्राउ गर्न खोज्दा फरार 
सुन बहादुर २०५३ सालमै ४ जना महिला भारत लैजादै गर्दा पक्राउ पर्नबाट बचेका थिए। नुवाकोटकै युवतीलाई झापाको काँकडभिट्टामा प्रहरी सोधपुछ गर्दा शंका लागेपछि नियन्त्रणमा लिएको थियो। 

नुवाकोट घ्याङफेदीका ४ नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै गर्दा त्यसबेला नै उनीहरु प्रहरीको घेराबन्दीमा परेका थिए। सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार हुन सफल भएका थिए। प्रहरीले सुनबहादुरको समुहका निमा लामा तामाङलाई पक्राउ गरेको थियो। 

ती महिलाले सुनबहादुरले भारत लाने र राम्रो काम लगाई दिने भनेकाले जान लागेको बयान दिएका थिए। बयानपछि प्रहरीको अनुसन्धानमा सुनबहादुर बिक्री गर्ने दलाल मात्र नभई कोठी सञ्चालक नै रहेको निष्कर्षमा पुग्यो। भारतीय प्रहरीको सहयोगमा भएको अनुसन्धान सुनबहादुरको परिवार नै कोठी संचालनमा संलग्न रहेको निष्कर्ष निकालेको थियो। 

उनका श्रीमती र छोरासमेत यही काममा लागेको प्रहरीले पत्ता लगाएपछि अदालतको आदेशबाट निमा पुर्पक्षका लागि थुनामा गएका थिए। 

चार जनालाई बेचबिखनमा लाने प्रयास गरेको तर सिमा नकटाएको मुद्दामा नुवाकोट जिल्ला अदालतले २०६८  असोज २६ गते सुनबहादुरलाई ६ वर्ष कैद हुने फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसला पनि केही समय उनी फरार नै रहे। 

यही बीचमा नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के। उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरबिरुद्ध उजुरी गरे। प्रहरीले उनलाई पक्राउ गर्‍यो। तर सुनबहादुर अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा छुटे। त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन्। 

सुनबहादुरले अदालतमा उपस्थित भए पीडितको परिवार नै समाप्त गर्नेसम्मको धम्की दिएका थिए। यसबीचमा उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भए। २०७४ बैशाख ३० गते स्थानीय निकायको लागि भएको निर्वाचनमा उनले बडाअध्यक्षको टिकट पाए। उनी उक्त निर्वाचनमा विजयी हुन सफल भए।  

वडा अध्यक्षको रुपमा निर्वाचित भएपछि पुन सुनबहादुर विरुद्ध २०७४ पुसमा थप पीडित महिलाले प्रहरीमा उजुरी गरे। गाउँमा राजनीतिक पहुँचको आधारमा धम्की दिदै आएपछि उनीहरुले सिआइबीमा उजुरी गरेका थिए। 

बेचविखन विरुद्ध काम गरिरहेका संघ संस्थाको सहयोगमा उनीहरुले प्रहरीकोमा उजुरी गरेका थिए। उक्त उजुरीपछि  उनलाई वडा कार्यालयबाटै सिबिआईको टोलीले पक्राउ गर्‍र्यो। 

त्यसपछि उनी उच्च अदालत हुँदै सर्वोच्चसम्म धरौटीमा छुट्नका लागि शक्तिकेन्द्र धाए। सर्वोच्चले एक पटक उनलाई बाबु र बडा नम्वर फरक परेको भन्दै थुनामुक्त गर्न समेत आदेश दियो। सर्वोच्चको उक्त आदेशले छुटे लगत्तै उनी अर्को मुद्दाको फैसला कार्यान्वनयका लागि समातिए। जिल्ला अदालत नुवाकोटले ३७ वर्ष कैदको फैसला सुनाएपछि उनी रिहा भए। 

जिल्ला अदालत नुवाकोटले तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो। 

तर उच्चले सुनबहादुरलाई सफाइ दिएको छ। 

त्यस्तै मंगलबार उच्च अदालतले मानव बेचबिखनको अर्को एक मुद्दामा तीन प्रतिवादीलाई जनही २० वर्ष कैद र २ लाख क्षतिपुर्ति भराउने फैसला सुनाएको छ। उच्च अदालतका न्यायाधीशद्वय यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले ‘'सिस्ने हिमाल'’ (नाम परिर्वतन)लाई सिरिया र भारतमा बिक्री गर्ने कार्य गरेको अभियोगमा दोषी ठहर गरेका हो। 

रुकुमकी उनलाई वैदेशिक रोजगारीका लागि सिरिया पठाउनु पर्नेमा बिक्री गरेका थिए। भारतको बाटो हुँदै सिरियामा यौन व्यवसायमा लगाएको र त्यहाँबाट फर्काएर भारतमा समेत यौन पेशामा जबर्जस्ती संलग्न गराएको भन्दै उच्चले अदालतले मानव बेचबिखन विरुद्धको ऐन अनुसार अधिकतम सजाय गरेको हो। 

जिल्ला अदालतले सफाई दिएकासहित उच्चले 'सिस्ने हिमाल'लाई बिक्री गर्ने श्यामलाल डंगोल,ज्ञानेन्द्र चनहरा र सुनिता मुरमुरलाई २० वर्ष र क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। 

उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि सर्वोच्च पुनरावेदन गर्ने सरकारी बकिलले बताए। उच्च अदालतले सफाई दिएको जानकारीसम्म पाएको र त्यसको फैसला पाएपछि सर्वोच्चमा पुनरावेदनको लागि लेखी पठाउने उच्च अदालत सरकारी बकिल कार्यालयका एक अधिकृतले बताए। 

मानव बेचविखन जस्तो गम्भीर मुद्दामा सफाई दिने भनी भएको फैसला सर्वोच्चबाटै किनारा हुनुपर्ने उनको तर्क छ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  २२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्