काठमाडौं- नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम 'जनतासँग प्रधानमन्त्री' बन्द भएको छ। राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गरी संचालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको घोषणा गरेका हुन्।
एक वर्षअघि साउन १ बाट सुरु भएको कार्यक्रम साप्ताहिक रुपमा प्रसारण हुँदै आएको थियो। टक सो फर्मेटको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विचार व्यक्त गर्ने गर्दथे।
सञ्चालक मनोज पाण्डेले सरकारले नीति कार्यक्रम तथा बजेटलगायतका कार्यक्रमदेखि सुरु गरी ५० अंकका समाग्री प्रसारण भएको बताएका थिए। उनले भने, 'कार्यक्रम कस्तो रह्यो मूल्यांकन यहाँ लगायत सम्पूर्ण दर्शकको, कमिकमजोरी रहे होलान्, भए होलान्, जस अपजस दुबै कथा नेपालको हो।’
विभिन्न संस्थाबाट विज्ञापन लिएर कार्यक्रम संचालन गरेको भने पाण्डेले स्वीकार गरे। पछि एपीवान टेलिभिजनबाट समेत कार्यक्रम प्रसारण हुने गरेको थियो।
संचालक पाण्डेको कम्पनी कथा नेपालबाट यो कार्यक्रमको उत्पादन हुँदै आएको थियो।
पाण्डेले कार्यक्रम बन्द गर्ने गर्ने बारे आफ्ना सहयोगीलाई पनि जानकारी नदिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।