काठमाडौं- असार मसान्तसम्ममा धान रोपाईं ४० प्रतिशत मात्रै सकिएको छ। मुलुकको अर्थतन्त्र र कुल ग्रार्हस्थ उत्पादन वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएको धानबाली यस वर्ष अघिल्लो वर्षको तुलनामा लगभग आधा मात्रै देखिएको छ।
अघिल्दो वर्ष असार मसान्तसम्ममा देशभर ६५ प्रतिशतभन्दा बढी धान रोपाई सकिसकेको थियो। तर यसवर्ष भने सोही अवधिमा ४० प्रतिशतको हाराहारीमा मात्रै धान रोपाईं सकिएको छ।
असार मसान्तसम्मा उच्च पहाडी क्षेत्रमा ५१ दशमलव ८१ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ५३ दशमलव ९६ प्रतिशत र तराई क्षेत्रमा ३५ दशमलव १२ प्रतिशत रोपाईं सम्पन्न भएको छ। गतवर्ष यही अवधिमा ती स्थानहरुमा क्रमशः ६२ दशमलव २२ प्रतिशत, ६७ दशमलव शून्य ७ प्रतिशत र ६२ दशमलव ६५ प्रतिशत रोपाई सकिएको कृषि विभागको तथ्याङ्कले देखाउँछ।
अघिल्लो वर्ष धान रोपाई समयमै सम्पन्न भएका कारण उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको थियो। तर, यसवर्ष ढिला भित्रिएको मनसुनका कारण समयमा रोपाई हुन नसक्नु तथा मनसुन सुरु हुने बित्तिकै अविरण वर्षाका कारण बाढी पहिरोको बितन्डाका कारण रोपाई हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।