काठमाडौं- विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउन विदेशी पर्यटकको संख्यामा १२ दशमल ६१ प्रतिशतले बृद्धि भएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ५ लाख ८५ हजार ५ सय ३१ पुगको हो। सोही अवधिमा सन् २०१८ नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ५ लाख २० हजार १४ मात्रै थियो।
सन् २०१९ को पहिलो ६ महिनामा नेपाल भ्रमणमा आउने बंगलादेश र पाकिस्तनको पर्यटक संख्यमा भने गिरावट आएको छ।बंगलादेशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २४ दशमल ३३ र पाकिस्तानबाट आउने पर्यटकको संख्यामा १४ दशमल ४४ प्रतिशतले कमी आएको छ।
यसैगरी भारतबाट आउने पर्यटको संख्यामा ७ प्रतिशत र श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ५२ प्रतिशतले बढेको छ। यसैगरी, चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा १९, जापानीजको संख्यामा १७ दशमल ९० र अमेरिकी पर्यटको आगमनमा भने १० प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।