काठमाडौं- सरकारले ६० प्रतिशत उपभोग अवधि भएका विदेशी सामानको आयात खुला गरिदिएको छ। यसअघि आफैंले जारी गरैको सूचना संशोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० प्रतिशत उपभोग अवधि भएका वस्तु आयात गर्न दिने निर्णय गरेको हो।
मन्त्रिपरिषदको जेठ १३ गतेको बैठकले स्वीकृत गरेको व्यापार घाटा न्यूनीकरण कार्य योजनाअनुसार वाणिज्य मन्त्रालयले यसअघि प्रकाशन गरेको सूचनामा ७५ प्रतिशत उपभोग अवधि भएका वस्तु मात्रै नेपाल आयात गर्न दिने उल्लेख थियो। यसलाई संशोधन गर्दै कम उपभोग अवधि भएका वस्तु भित्रिन दिने निर्णय भएको हो।
यसले विदेशमा उत्पादित वस्तु नेपाल आयातका लागि थोरै सहज बनाएको छ। उदाहरणका लागि कुनै वस्तुमा लगाइएको ब्याचमा २ वर्ष उपभोग मिति उल्लेख छ भने भन्सार विन्दूमा आइपुग्दा त्यो वस्तुको उपभोग अवधि कम्तिमा साढे १४ महिना हुनुपर्छ। पहिलेको सूचनाअनुसार उपभोग अवधि १८ महिना हुनुपर्दथ्यो।
राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्ध लगाइएको भएपनि सूचनाअनुसार सिपमेन्ट भएका वस्तु आयातमा पनि खुला गरिएको छ। सिपमेन्ट भएकाभन्दा बाहेकका त्यस्ता वस्तु भने आयात गर्न पाइने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।