काठमाडौं- लगातारको वर्षापछि खसेको पहिरोका कारण बिपी राजमार्ग बन्द भएको छ।
सिन्धुलीको गोलाङजोर गाउँपालिका-७ स्थित कानढुंग्री भन्ने स्थानमा पहिरो खसेपछि यातायत आवागमन ठप्प भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
राति २ बजे खसेको पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए। 'गएरातिदेखि पुनः भारी वर्षा भएकोले पहिरो खसेको हो। २ वटा डोजरसहित अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ,' उनले भने।
अहिले सो क्षेत्रमा पूर्वबाट राजधानी आउँदै गरेका र राजधानीबाट पूर्वतर्फ छुटेका सयौं सवारीसाधन रोकिएका छन्।
यसअघि केही दिनअघि सोही सडकखण्डकै २६ किलो भन्ने स्थानमा ठूलो ढुंगा खसेका कारण सडक एकतर्फि मात्रै सञ्चालनमा आएको थियो। सोमबार मात्रै सो ढुंगालाई समेत सडकबाट पन्छ्याएर दुईतर्फि सवारी सञ्चालनमा ल्याइएको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।