काठमाडौं- गुन्डा नाइके 'निमा' भनेर चिनिने राजेन्द्र लामा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन्।
व्यवसायीलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परिसकेका व्यक्ति हुन्। अनेरास्ववियूका एक नेतालाई खुकुरी हानेको आरोपमा ज्यान मार्ने उद्योगअन्तर्गत उनले सजाय भोगेका थिए।
२०६६ असोज ८ मा ज्यान मार्ने उद्योगमा उनी ३ वर्ष जेल बसेका थिए। सजाय भुक्तान गरी जेलमुक्त भए पनि उनी फेरि सोही उद्योगअन्तर्गत २०७२ चैत १० मा पुन पक्राउ परेका थिए।
निमा नयाँ बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका टोले गुन्डा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।