राजविराज- शुक्रबारदेखि लगातार परेको वर्षाले सप्तरीको तिलाठीका ३ सय घर डुबानमा परेका छन्। स्थानीय खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बाँध भत्काउँदा गाउँ डुबानमा परेको हो।
खोलाको बाँध शुक्रबार कटान भइ खाँडो खोलाको बाढी तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी र बेल्ही बस्तीमा पसेर पूरै गाउँ जलमग्न भएको छ।
तिलाठीका तीन सय घर डुवानमा परेको गाउँपालिकाले जनाएको छ। दशगजामा निर्माणाधिन पुलको तीन फिट माथिबाट पानी बग्न थालेपछि पुलको दुबै तिर डोरी बाँधेर डोरीको सहारामा स्थानीयबासीलाई आवतजावत गराइरहेको सशस्त्र प्रहरी बलका एसपी खेम थापाले जनाए। उद्धारका लागि वडा नम्बर ४ र ५ मा दुई वटा रबरबोट तयारी अवस्थामा राखेको बताइएको छ।
(1)(1).jpg)
वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरी समेत विस्थापित भएका छन्। विस्थापित प्रहरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी, भन्सार कार्यालय, स्वास्थ्य केन्द्र, गाउँपालिका र वडा नम्बर १ को कार्यालय समेत डुबानमा परेको छ। खाँडो खोलाको बाढीले तिलाठीस्थित राजबिराज–कुनौली सडक खण्डमा सवारी साधन ठप्प भएको छ।
यो पनि पढ्नुहोस् : सप्तरीमा बाढीको त्रास : उच्च जोखिममा तिलाठी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।