• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीमा बाढीको त्रास : उच्च जोखिममा तिलाठी

उद्धारका लागि प्रत्येक पालिकामा ५० लाखसम्मको कोष
64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  २०:४८
1140x725

राजविराज– जनता माविको हीरक जयन्ति समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी गत शनिबार सप्तरी आइपुगेकी थिइन्। कार्यक्रममा सहभागी भएकी राष्ट्रपति भण्डारीले बाढीलगायतका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्व तयारीमा रहन सम्बन्धित निकायलाई आग्रह गरिन्।

चुरे श्रृखंलाको अनियन्त्रित दोहनका कारण बाढीको प्रकोप बढेकाले त्यसलाई रोक्न पनि उनको आग्रह थियो। सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायतका खोलामा आउने बाढीकै कारण हरेक वर्ष धनजनको ठूलो क्षति हुने गरेको छ।

यस वर्ष पनि वर्षा सुरु भइसकेकाले अनिष्ट हुने हो कि भन्ने चिन्तामा रहेका सप्तरीबासीका लागि राष्ट्रपतिको सम्बोधनले घाउमा मलम लगाएको अनुभुति त भयो। तर खोला नियन्त्रणको काम भने वर्षौं बितिसक्दा पनि पूरा हुन सकेको छैन।

२०७३ सालको बाढीमा गाउँ नै विस्थापित भएको घटना सप्तरीवासीको मनमा ताजा छ। बाढीका कारण सप्तरीमा मात्रै ५ जनाले ज्यान गुमाएका थिए भने करोडौं रुपैयाँको क्षति भयो। यी खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भएपनि काम भने नभएको स्थानीयको गुनासो छ।

खाँडोको त्रास कायमै, खतरामा तिलाठी
सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती जोखिममा छन्। त्यसमध्येमा पनि तिलाठी कोइलाडी गाउँपालिकामा यसवर्ष बढी जोखिम छ। 

खाडो खोलाको बाढीका कारण यस क्षेत्रका जनता बर्सेनी डुबानको समस्या झेल्दै आएका छन्। ०७३ को बाढीमा तिलाठी कोइलाडि गाउँपालिका-४ मा एक बालकको ज्यान गएको थियो भने ३ हजार ९ सय ९७ वटा घर बाढीले क्षति गरेको थियो। १४ करोड ६४ लाखभन्दा बढीको सम्पत्ति क्षति भएको आँकलन गरिएको थियो।

यति हुँदा पनि खाँडो नियन्त्रणको प्रयास भने अहिले पनि प्रभावकारी हुन सकेको छैन। पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण भारतीय सीमा कुनौलीसम्मको ५० किलोमिटरमध्ये कुनौलीतर्फबाट ०७३/०७४ मा सुरु गरिएको माटो भर्ने काममा पहिलो वर्ष नै स्थानीयले अवरोध गरे।
    
सकरपुरा, तिलाठी र लौनियाँ क्षेत्रका स्थानीयबासीले २०२७/२८ को सर्भे नापीनक्साका आधारमा बाँध बनाउनुपर्ने भन्दै अवरोध गरेपछि काम अघि बढ्न सकेन। २०२७/२८ को सर्भे नापीको नक्साअनुसार यो नदी अहिलेको बहाव क्षेत्रभन्दा पूर्वबाट बग्ने गरेको थियो। डिपिआर अनुसार अहिलेकै बहाव क्षेत्र भएर बाँध बन्नुपर्नेछ।
    
पटक–पटकको छलफलबाट पनि सहमति जुट्न नसकेपछि योजना अन्तर्गतको केही काम गत वर्ष अन्यत्र सारेर सम्पन्न गरिएको आयोजना कार्यालयले जनाएको छ। यस वर्ष अन्य क्षेत्रमा बाढीको जोखिम कम छ, तर कामै गर्न नपाएकाले तिलाठी क्षेत्र बढी जोखिममा रहेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

माथिल्लो क्षेत्रमा बाँधको काम भएकाले बाढी सोझिएर तिलाठी थप डुबानमा पर्न सक्ने उनको अनुमान छ। तिलाठी हुँदै खाँडो भारत प्रवेश गर्छ।

‘बाढी आए पनि अरु ठाउँमा पहिलाको जस्तो खोलो नै पस्ने अवस्था छैन,’ आयोजना प्रमुख यादव भन्छन, ‘तर माथिल्लो क्षेत्रमा बाँधको काम भएकाले खोलो सोझिएर तिलाठी पुग्दा अवस्था के हुन्छ, अहिले नै भन्न सकिँदैन।’ स्थानीयवासीले सहयोग गरे अहिले पनि काम अघि बढ्ने उनले बताए। 

के गर्दैछन् स्थानीय सरकार?
हरेक वर्षको बाढीको समस्याका कारण यस वर्ष स्थानीय तह केही सजग देखिएका छन्। नदी नियन्त्रणका लागि खासै ठूलो काम गर्न नसकेपछि सजगता भने बेलैदेखि सुरु भएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले बताए। 

सप्तरीका ९ नगरपालिकासहित १८ वटा स्थानीय तहमध्ये अग्निसाईर कृष्णासवरण गाउँपालिकाले विपद व्यवस्थापन ऐन, निर्देशिका र मापदण्ड समेत तयार गरेको छ। 

Xtrem

Xtrem

पालिका तहमा स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको र एकसाता भित्रै वडा तहमा पनि समिति गठन गरिसक्ने गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले बताए। आपत्कालीन अवस्थाका लागि ५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष समेत तयार गरिएको छ।

यसैगरी, भत्किएका बाँध नियन्त्रणका लागि २ सय ५० थान जाली र ५ सय जिओआई ब्याग (वोरा) तयारी अवस्थामा राखिएको चौधरीले जानकारी दिए।

यसका अतिरिक्त विगतका वर्षमा बाढीले भत्काएका विभिन्न स्थानमा वाँध निर्माण गरिएको छ। वडा नं. १ स्थित हेडबाँधमा सिंचाई कार्यालयको सहयोगमा ७ सय मिटर तथा गाउँपालिकाकै बजेटबाट प्रसवनीमा ८ सय मिटर, मटिगढामा १ सय मिटर, मटिगढिमा १ सय मिटर, इटहर्वामा १ सय मिटर र हर्ना खोलामा १ करोडको लागतमा गत वर्ष नै १ किलोमिटर बाँध निर्माण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए। 

‘बाँध निर्माण गरेपनि ढुक्क भएर वस्ने अवस्था चाहि छैन’ उनले भने,‘तार जाली हाल्ने पैसा अभावमा अधिकांश माटोको वाँध छ, बाढी ठूलो आयो भने भत्किने खतरा पनि छ।’

०७३ सालमा आमसोत, गहिरी, बिहाई, मगर्नी र महुली खोलामा आएको बाढीले गाउँपालिकाअन्तर्गतका मटिगढी, प्रसवनी, सितापुर, मटिगढा, इक्राहा मोहनपुरका करिब ३ सय परिवारलाई विस्थापित बनाएको थियो। अहिले पनि प्रसवनीको चमराही टोलका २० परिवार आफनो पुरानो बासस्थल फर्किन नसकेको उनले बताए। उनीहरु ऐलानी जग्गामा वसेको उनको भनाई छ। 

हरेक स्थानीय तहमा ५ देखि ५० लाखसम्मको कोष
जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका सिडिओ पौडेलले बाढी पूर्वका तयारी सप्तरीमा भइरहेको बताए। हरेक गाउँ/नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी प्रत्येकले कोष स्थापना गरेको पौडेललेका भनाई छ। ‘न्यूनतम ५ लाखदेखि ५० लाखसम्मको विपद ब्यवस्थापन कोष छ,’ उनले भने,‘समिति पनि सक्रिय अवस्थामा छन्, समस्या आए हाल अन्य तयारी पनि चुस्त छ।’

यसैगरी, जिल्ला विपद व्यवस्थापन समितिले सम्बन्धित क्षेत्रसँग समन्वय गर्ने र आवश्यक औजार उपकरण तयारी राख्ने काम गरेको छ। निर्माण व्यवसायीसँग हेभी इक्युपमेन्ट तथा विभिन्न गैरसरकारीसँग राहत र उद्धारका लागि समन्वय/सहकार्य भईरहेको उनले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीलाई तैनाथ राखिएको र आवश्यकता पर्दा जुनसुकै अवस्थामा जनधनको सुरक्षामा खटिने गरी निर्देशन समेत भएको पौडेलले बताए।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्