काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा गरेको छ ।
सभापति रवि लामिछानेले दलका नेताहरुलाई निमन्त्रणा गरेको पत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पठाएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका दलले रास्वपाले निमन्त्रणा गरेको जानकारी गराएका छन् ।
कांग्रेसका सभापति गगन थापा शुभकामनाका लागि महाधिवेशनमा जाने/नजाने निर्णय गरिसकेका छैनन् । सभापति थापाका सचिवालयका एक सदस्यले रास्वपामा महाधिवेशनमा जाने विषयमा टुंगो नलागिसकेको जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओली रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्यका लागि नजाने उनको सचिवालयले जनाएको छ । नेकपाका अध्यक्ष प्रचण्ड स्वास्थ्यमा अनुकूल रहे आफैं जाने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको महाधिवेशनमा शुभकामना दिन जाने भएका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठले अध्यक्ष लिङ्देन शुभकामना दिनका लागि जाने कार्यक्रम तय भएको जानकारी गराएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।