काठमाडौं– आइतबारदेखि चितवनमा सुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि भरतपुर पुगेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा केही समयअघि भरतपुर पुगेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेको त्यहाँबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।
रास्वपाले महाधिवेशनका लागि पार्टी प्रमुखहरूलाई निम्ता गरेको थियो । रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा केहीबेरमा हुँदै छ । बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।