• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बजेट खर्च र राजश्व संकलनको लक्ष्य प्राप्तिमा सरकार असफल

संशोधित लक्ष्य नै नभेट्ने संकेत
64x64
नेपाल लाइभ शनिबार, असार २८, २०७६  १८:१६
1140x725

काठमाडौं- सरकार बजेट खर्च र राजश्व संकलनमा राखेको लक्ष्य पूरा नहुने देखिएको छ।

चालु आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा ७७ दशमलव शून्य ६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ। सोही अवधिमा राजश्व संकलन लक्ष्यको ८२ दशलमव ८३ प्रतिशत मात्रै रहेको छ।

चालु आर्थिक वर्षलाई आधार वर्षका रूपमा अर्थ्याएको सरकारले गत फागुनमा आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै पहिलेको लक्ष्य संशोधन गरेर घटाएको थियो। 

फागुन २१ गते अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष सरकारले कुल विनियोजित रकमको ९१ दशमलव २ प्रतिशत मात्रै खर्च गर्ने संशोधित अनुमान सार्वजनिक गरेका थिए। तर सरकारको संशोधित लक्ष्य नै नभेटिने देखिएको छ। 

कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेटमा यो वर्ष ११ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँ बराबर मात्रै बजेट खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयको थियो। तर, असार २७ गतेसम्ममा १० खर्ब १३ अर्ब ४६ करोड ७६ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको देखिन्छ। अर्थात् सरकारको संशोधित लक्ष्यभन्दा १ खर्ब ८५ अर्ब ६८ करोड २७ लाख रुपैयाँ कम खर्च भएको छ। 

अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले चालुतर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ६५ अर्ब २६ करोड र वित्तीयतर्फ १ खर्ब ३५ अर्ब ४४ करोड बराबर खर्च हुने बताएका थिए। 

बजेट खर्चको पुरानै प्रवृत्ति : पुँजीगत खर्च कम, वर्षान्तमा बढी 
यसवर्ष पनि बजेट खर्चमा पुरानै प्रवृत्ति दोहोरिएको छ। पुँजीगत खर्च निकै कम भएको छ भने आर्थिक वर्ष सकिने बेलामा ठूलो रकम निकासा भएको छ। असार अन्तिम साता दैनिक ५ अर्ब रुपैयाँसम्म खर्च रकम निकासा भइरहेको छ। 

असार २७ गतेसम्ममा २२ दशमलव ९४ प्रतिशत बजेट खर्च हुन बाँकी छ। आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन भएको कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेटमा १० खर्ब १३ अर्ब ४६ करोड ७६ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ भने ३ खर्ब १ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ बराबर खर्च हुन सकेको देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

चालुतर्फ कुल विनियोजित बजेटको ८१ दशमलव ९१ प्रतिशत अर्थात् ६ खर्ब ९२ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ। यस वर्षका लागि चालु शीर्षकमा ८ खर्ब ४५ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ विनियोजन भएको थियो।  

त्यसैगरी, पुँजीगततर्फ कुल विनियोजित बजेटको ६१ दशमलव ८९ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ३८ करोड १६ लाख रुपैयाँ बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा कुल ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ विनियोजन भएको थियो। सरकारले आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै पुँजीगत खर्चको लक्ष्य २ खर्ब ६५ अर्ब रुपैयाँ बराबर राखेको थियो। 

दुई तिहाइ मतसहितको सरकारले पुँजीगत खर्च अघिल्ला आर्थिक वर्षका तुलनामा छलाङ मार्ने अपेक्षा गरिए पनि वास्तविकता भने त्योभन्दा फरक देखिएको छ। गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा करीब २ खर्ब रुपैयाँ बढीको बजेट ल्याएको सरकारले खर्च प्रणालीमा भने सुधार गरेको देखिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस अवधिसम्ममा वित्तीय व्यवस्थापनतर्फ कुल विनियोजित बजेटको ७८ दशमलव १० प्रतिशत अर्थात् १ खर्ब २१ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ। 

वर्षान्तमा ठूलो रकम निकासा हुने परिपाटीले यसवर्ष पनि निरन्तरता पाएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले बैशाख २८ गतेसम्ममा ३८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको थियो। तर २ महिना अवधिमा मात्रै करिब २४ प्रतिशत बजेट खर्च भएको छ। 

गत बैशाख २८ गतेसम्ममा १ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ बराबर मात्रै पुँजीगत खर्च भएको देखिन्छ। तर यसपछिको २ महिनामा सरकारले ८० अर्ब निकासा गरेको छ। जुन रकम पुँजीगततर्फ कुल विनियोजित बजेटको २३ दशमलव ९२ प्रतिशत हो। 

अपेक्षित कम राजश्व संकलन  
सरकारले राजश्व संकलनमा पनि लक्ष्य नभेटाउने अवस्था देखिएको छ। महालेखा नियन्त्रकको तथ्यांकअनुसार असार २७ गतेसम्ममा लक्ष्यको ८२ दशलमव ८३ प्रतिशत मात्र राजश्व संकलन भएको छ। 

चालु आर्थिक वर्षमा सरकारले ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ बराबर राजश्व संकलनको संशोधित लक्ष्य राखेको भएपनि आर्थिक वर्ष सकिन ४ दिन बाँकी रहँदा ६ खर्ब ८८ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबर मात्रै राजश्व संकलन भएको छ। 

अबका ४ दिनमा सरकारले प्रतिदिन १ प्रतिशतका दरले राजश्व संकलन गरे पनि लक्ष्यभन्दा १५ प्रतिशत कम राजश्व संकलन गर्ने देखिन्छ। 

काम गर्ने शैली र कार्यक्षमतामाथि नै प्रश्न
विगतका वर्षमा असार १५ मा बजेट ल्याउँदा बजेट खर्च कम हुने गरेको भन्ने विषयलाई पनि हालको खर्चको स्थितिले गलत साबित गरिदिएको छ। सरकारी कर्मचारीले खर्च कम हुनुमा निर्धारित समयमा बजेट नआउनुलाई कारण देखाएर चोखिने प्रवृत्ति रहेकोमा पछिल्ला आर्थिक वर्षमा देखिएको बजेट खर्चको स्थीतिले कर्मचारी र राजनीतिक नेतृत्व दुवैको कार्यक्षमतामाथि प्रश्न खडा भएको छ। 

राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रत्येक वर्ष विनियोजन हुने बजेटको मात्रामा वृद्धि हुँदै गए पनि खर्चको स्थिति सन्तोषजनक देखिँदैन। 

आर्थिक वर्ष सकिन ४ बाँकी रहँदा विकास खर्च ६५ प्रतिशतपनि पुग्न नसक्नुले विकासका कार्यका कत्तिको प्रभावकारी ढंगले काम भइरहको छ भन्ने स्पष्ट पार्छ।

आर्थिक वर्षको अन्तिम महिनामा विकास खर्च बढी देखिन्छ भनेर भने सम्बन्धित निकाय मौन जस्तै देखिन्छन्।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्