काठमाडौं- नेपाल धितोपत्र बोर्डले पुँजीबजार कारोबारमा प्रयोग हुने ‘मेरो सेयर’ सफ्टवेयर प्रणालीमा समस्या देखिएपछि सिडिएस एन्ड क्लिएरिङ लिमिटेडलाई स्पष्टीकरण सोधेको छ।
सिडिएस एन्ड क्लिएरिङ लिमिटेडअन्तर्गत सञ्चालन भइरहेको मेरो सेयर सफ्टवेयरबाट सार्वजनिक निस्कासनमा आवेदन गर्न खोज्दा सफ्टवेयर नखुलेको कारण आवेदन गर्न नसकिएको भन्दै गुनासो आएपछि स्पष्टीकरण सोधिएको बोर्डले जनाएको छ।

‘मेरो सेयर सफ्टवेयरमा के भएको हो? सोको विवरण साथै यसरी बारम्बार प्रणालीमा आउने त्रुटीहरुको सुधारका लागि सिडिएसको योजना यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्र बोर्डमा जानकारी गराउन हुन निर्देशानुसार अनुरोध छ,’ बोर्डले मंगलबार स्पष्टीकरण माग गर्दै सिडिएसलाई पठाएको पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।