• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

किन कोरिया जान पाउँदैनन् भाषा पास परीक्षार्थी?

यसपाली पास भएका आधा मात्रै कोरिया जान पाउने!
64x64
नेपाल लाइभ शनिबार, असार २८, २०७६  २१:१०
1140x725

काठमाडौं- ‘वर्षौंसम्म कोरियाली भाषा रटेँ, परीक्षा दिएँ, पास पनि भएँ। तर, कोरियाली भाषा परीक्षा पास गरेको दुई वर्ष बित्नै लाग्दा पनि कोरिया जान पाइएन,’ सुर्खेतका जनक भण्डारीले नेपाल लाइभकर्मीसँग गुनासो गरे। 

सन् २०१७ मा कोरियामा कृषि कामका लागि जान भाषा परीक्षा दिएका थिए उनले। तर, दुई वर्ष बित्नै लाग्दा पनि उनी रोजगारीका लागि कोरिया जान पाएका छैनन्।

कोरियाली भाषा परीक्षा पास भएमा दुई वर्षसम्म मान्य हुन्छ। परीक्षा पास गरेर पनि सो अवधिमा कोरिया रोजगारीमा जाने अनुमति नआएका युवा कोरिया जान पाउँदैनन्। उनीहरूले पुनः भाषा परीक्षामा सामेल भई पास गर्नु पर्ने हुन्छ।

‘भाषा परीक्षा पास गरेको मिति पनि सकिनै लाग्यो, सरकारले एक वर्ष म्याद थप्न पहल गर्ला कि?’ सरकारले अझै म्याद थपिदिएला कि भन्ने अपेक्षा व्यक्त गर्छन् जनक। 

तर भाषा परीक्षा पास भएको मान्यता अवधि २ वर्षको मात्रै रहेको बताउँछन् इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी। 

यसरी कोरियाली भाषा परीक्षा पास गरेर पनि रोजगारीमा कोरिया जान पाउने ग्यारेन्टी सरकारले गर्न नसक्दा युवामा चिन्ता उत्पन्न भएको छ। 

सरकारले भाषा परीक्षा पास गरेका युवालाई कोरिया रोजगारीमा पठाउने ग्यारेन्टी गर्न नसक्दा काम गरेर खाने आफूहरुको समयमात्रै बर्बाद भएको गुनासो गर्ने गरेका छन्। 

इपिएस शाखाका अनुसार कोरियाली भाषा परीक्षा पास गरेर पनि हरेक वर्ष १० प्रतिशतभन्दा बढी युवा रोजगारीका लागि कोरिया जान पाउँदैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘मेहनत गरेर भाषा परीक्षा दियो,  पास भएपछि कोरियाबाट भिसा आउँछ र जान पाइन्छ भन्दै आशैआशैमा बस्यो। एकातिर समय र पैसा बर्बाद अर्कातिर मानसिक तनाब। कोरियाली भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएका कालिकोटका विनोद उपाध्यायले सुनाए। 

उनले सन् २०१७ मा नै कृषि कामका लागि कोरिया जान भाषा परीक्षा पास गरेका उनले भने, ‘यसपाली पनि निमार्ण सम्बन्धी कामका लागि भाषा परीक्षा दिएँ, पास पनि भएको छु, जान पाउने नपाउने टुंगो छैन। कोरियाली रोजगारीले घर न घाट बनायो।’

कोरियाली रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको सूचना बोर्डमा टाँसिएको छ, ‘कोरियन भाषा परीक्षा पास गर्नु कोरियामा रोजगार आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने सुनिश्चितता भने होइन।’

भाषा परीक्षा उत्तीर्ण ८ हजार जान पाएनन् कोरिया 
इपिएस शाखाका अनुसार सन् २००८ देखि सन् २०१९ जनु १५ सम्म ७० हजार ४ सय ६९ जनाले भाषा परीक्षा उत्तीर्ण गरिसकेका छन्।  जसमध्ये ६२ हजार २ सय २७ जना रोजगारीका लागि कोरिया पुगिसकेका छन्। भाषा परीक्षा पास गरेर पनि ८ हजार २ सय ४२ युवाहरु कोरिया जान पाएका छैनन्। 

यसपाली पास भएका आधा मात्रै कोरिया जान पाउने 
यस वर्षको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी भाषा परीक्षामा उतीर्ण भएका छन्। यसै वर्षदेखि कोरियाले काठमाडौंमै भाषा परीक्षा पास गरेका युवाहरुलाई सिप परीक्षणबाट छनोट गर्ने भएको छ। भाषा पास गरेका युवामध्येबाट ६ हजार ७ सय युवालाई मात्रै कोरिया जानका लागि छनोट गर्ने बताइएको छ। 

सिप परीक्षणबाट छनोट भएका सबै युवालाई कोरिया रोजगारीको ग्यारेन्टी सुनिश्चितता गर्न नसकिने इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारी बताउँछन्। 

यसरी भाषा परीक्षा वा सिप परीक्षण मार्फत् छनोट भएका तर कोरिया रोजगारीमा जान पाउने सुनिश्चितता नभएका यस वर्ष ५ हजारभन्दा बढी युवा थपिने छन्। 

यो वर्ष र अघिल्ला विभिन्न वर्ष कोरियाली भाषा परीक्षा पास भएर पनि कोरिया रोजगारीको सुनिश्चितता नभएका युवाको संख्या १३ हजारभन्दा बढी देखिएको छ। 

किन कोरिया जान पाउँदैनन् युवा? 
‘कोरियाले आवश्यकता अनुसार कामदार माग गर्ने भएकाले कोरियाली भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीमा पठाउने सुनिश्तिता गर्न सरकारले सक्दैन,’ शाखाका प्रवक्ता भण्डारीले भने। 

‘कोरियाको आर्थिक अवस्था मजबुत भए कोरियाले सोही अनुसार कामदार माग गर्छ। कोरियाको आर्थिक अवस्था खस्कँदै गयो भने उनीहरुले थोरै संख्यामा विदेशी कामदार माग गर्छन्,’ उनले भने।  कोरियाली रोजगारीमा कोरियाको आर्थिक अवस्था अनुसार कामदारको माग थपघट हुने भण्डारीको भनाई छ।

रोजगारदाताको रोजाइपछि मात्रै कोरिया
भाषा परीक्षा पास गरिसकेपछि पनि कोरिया रोजगारीका लागि जान रोजगारदाताको रोजाइमा पर्नुपर्ने हुन्छ। कोरियाले कामदारको उमेर, लिङ्ग र राष्ट्रियताका आधारमा विदेशी कामदार छनोट गर्ने प्रवक्ता शोभाकरण भण्डारीले बताए।  उनले भने, ‘रोजगारदाताले कुन देशको कामदार, कति उमेरभित्रको महिला वा पुरुष भनेर एउटा रोष्टर तयार पार्छ, रोजगारदाताको रोष्टर अनुसारका कामदार कोरिया सरकारले आपूर्ति गर्ने हुँदा भाषा पास गर्ने सबै कोरिया जान पाउँदैनन्,’ भण्डारीले भने। 

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी अवस्था बुझ्न संसदीय समिति स्थलमै जाने बुधबार, वैशाख २३, २०८३
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
सुनको मूल्य बढ्यो बुधबार, वैशाख २३, २०८३
रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै बुधबार, वैशाख २३, २०८३
बीपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्