• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

किन कोरिया जान पाउँदैनन् भाषा पास परीक्षार्थी?

यसपाली पास भएका आधा मात्रै कोरिया जान पाउने!
64x64
नेपाल लाइभ शनिबार, असार २८, २०७६  २१:१०
1140x725

काठमाडौं- ‘वर्षौंसम्म कोरियाली भाषा रटेँ, परीक्षा दिएँ, पास पनि भएँ। तर, कोरियाली भाषा परीक्षा पास गरेको दुई वर्ष बित्नै लाग्दा पनि कोरिया जान पाइएन,’ सुर्खेतका जनक भण्डारीले नेपाल लाइभकर्मीसँग गुनासो गरे। 

सन् २०१७ मा कोरियामा कृषि कामका लागि जान भाषा परीक्षा दिएका थिए उनले। तर, दुई वर्ष बित्नै लाग्दा पनि उनी रोजगारीका लागि कोरिया जान पाएका छैनन्।

कोरियाली भाषा परीक्षा पास भएमा दुई वर्षसम्म मान्य हुन्छ। परीक्षा पास गरेर पनि सो अवधिमा कोरिया रोजगारीमा जाने अनुमति नआएका युवा कोरिया जान पाउँदैनन्। उनीहरूले पुनः भाषा परीक्षामा सामेल भई पास गर्नु पर्ने हुन्छ।

‘भाषा परीक्षा पास गरेको मिति पनि सकिनै लाग्यो, सरकारले एक वर्ष म्याद थप्न पहल गर्ला कि?’ सरकारले अझै म्याद थपिदिएला कि भन्ने अपेक्षा व्यक्त गर्छन् जनक। 

तर भाषा परीक्षा पास भएको मान्यता अवधि २ वर्षको मात्रै रहेको बताउँछन् इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी। 

यसरी कोरियाली भाषा परीक्षा पास गरेर पनि रोजगारीमा कोरिया जान पाउने ग्यारेन्टी सरकारले गर्न नसक्दा युवामा चिन्ता उत्पन्न भएको छ। 

सरकारले भाषा परीक्षा पास गरेका युवालाई कोरिया रोजगारीमा पठाउने ग्यारेन्टी गर्न नसक्दा काम गरेर खाने आफूहरुको समयमात्रै बर्बाद भएको गुनासो गर्ने गरेका छन्। 

इपिएस शाखाका अनुसार कोरियाली भाषा परीक्षा पास गरेर पनि हरेक वर्ष १० प्रतिशतभन्दा बढी युवा रोजगारीका लागि कोरिया जान पाउँदैनन्। 

Ncell 2
Ncell 2

‘मेहनत गरेर भाषा परीक्षा दियो,  पास भएपछि कोरियाबाट भिसा आउँछ र जान पाइन्छ भन्दै आशैआशैमा बस्यो। एकातिर समय र पैसा बर्बाद अर्कातिर मानसिक तनाब। कोरियाली भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएका कालिकोटका विनोद उपाध्यायले सुनाए। 

उनले सन् २०१७ मा नै कृषि कामका लागि कोरिया जान भाषा परीक्षा पास गरेका उनले भने, ‘यसपाली पनि निमार्ण सम्बन्धी कामका लागि भाषा परीक्षा दिएँ, पास पनि भएको छु, जान पाउने नपाउने टुंगो छैन। कोरियाली रोजगारीले घर न घाट बनायो।’

कोरियाली रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको सूचना बोर्डमा टाँसिएको छ, ‘कोरियन भाषा परीक्षा पास गर्नु कोरियामा रोजगार आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने सुनिश्चितता भने होइन।’

भाषा परीक्षा उत्तीर्ण ८ हजार जान पाएनन् कोरिया 
इपिएस शाखाका अनुसार सन् २००८ देखि सन् २०१९ जनु १५ सम्म ७० हजार ४ सय ६९ जनाले भाषा परीक्षा उत्तीर्ण गरिसकेका छन्।  जसमध्ये ६२ हजार २ सय २७ जना रोजगारीका लागि कोरिया पुगिसकेका छन्। भाषा परीक्षा पास गरेर पनि ८ हजार २ सय ४२ युवाहरु कोरिया जान पाएका छैनन्। 

यसपाली पास भएका आधा मात्रै कोरिया जान पाउने 
यस वर्षको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी भाषा परीक्षामा उतीर्ण भएका छन्। यसै वर्षदेखि कोरियाले काठमाडौंमै भाषा परीक्षा पास गरेका युवाहरुलाई सिप परीक्षणबाट छनोट गर्ने भएको छ। भाषा पास गरेका युवामध्येबाट ६ हजार ७ सय युवालाई मात्रै कोरिया जानका लागि छनोट गर्ने बताइएको छ। 

सिप परीक्षणबाट छनोट भएका सबै युवालाई कोरिया रोजगारीको ग्यारेन्टी सुनिश्चितता गर्न नसकिने इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारी बताउँछन्। 

यसरी भाषा परीक्षा वा सिप परीक्षण मार्फत् छनोट भएका तर कोरिया रोजगारीमा जान पाउने सुनिश्चितता नभएका यस वर्ष ५ हजारभन्दा बढी युवा थपिने छन्। 

यो वर्ष र अघिल्ला विभिन्न वर्ष कोरियाली भाषा परीक्षा पास भएर पनि कोरिया रोजगारीको सुनिश्चितता नभएका युवाको संख्या १३ हजारभन्दा बढी देखिएको छ। 

किन कोरिया जान पाउँदैनन् युवा? 
‘कोरियाले आवश्यकता अनुसार कामदार माग गर्ने भएकाले कोरियाली भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीमा पठाउने सुनिश्तिता गर्न सरकारले सक्दैन,’ शाखाका प्रवक्ता भण्डारीले भने। 

‘कोरियाको आर्थिक अवस्था मजबुत भए कोरियाले सोही अनुसार कामदार माग गर्छ। कोरियाको आर्थिक अवस्था खस्कँदै गयो भने उनीहरुले थोरै संख्यामा विदेशी कामदार माग गर्छन्,’ उनले भने।  कोरियाली रोजगारीमा कोरियाको आर्थिक अवस्था अनुसार कामदारको माग थपघट हुने भण्डारीको भनाई छ।

रोजगारदाताको रोजाइपछि मात्रै कोरिया
भाषा परीक्षा पास गरिसकेपछि पनि कोरिया रोजगारीका लागि जान रोजगारदाताको रोजाइमा पर्नुपर्ने हुन्छ। कोरियाले कामदारको उमेर, लिङ्ग र राष्ट्रियताका आधारमा विदेशी कामदार छनोट गर्ने प्रवक्ता शोभाकरण भण्डारीले बताए।  उनले भने, ‘रोजगारदाताले कुन देशको कामदार, कति उमेरभित्रको महिला वा पुरुष भनेर एउटा रोष्टर तयार पार्छ, रोजगारदाताको रोष्टर अनुसारका कामदार कोरिया सरकारले आपूर्ति गर्ने हुँदा भाषा पास गर्ने सबै कोरिया जान पाउँदैनन्,’ भण्डारीले भने। 

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्