पोखरा- प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सेती नदीमाथि बनेको पक्की पुलको आज उद्घाटन गरेका छन्।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदीमाथि सो पुल निर्माण भएको हो। यसका लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल रु एक करोड ६० लाख ८९ हजार ८५६ रकम खर्च भएको छ।
कूल २९ दशमलव ९ मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको छ।
पुल निर्माणसँगै महानगरपालिकाको वडा नं ७, ९, १४, १५ र १७ का स्थानीयवासीलाई आवागमनमा सुविधा पुगेको छ।
पुल उद्घाटन गर्दै अधिकारीले निर्वाचनपछि वाम गठबन्धनले पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेको बताए। सो अवधिमा गठबन्धनको सरकारले राम्रो काम गरे अर्को पटकको निर्वाचनमा निरन्तरता पाउने तथा राम्रो काम नगरे हराउनुपर्ने विचार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।