काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले केही दिनभित्रै मलेसिया रोजगारीबारे टुंगो लाग्ने बताएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा 'विनियोजन विधेयक २०७६'का सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री विष्टले मलेसिया रोजगारी अबको केही दिनमै टुंगो लाग्ने बताएका हुन्। उनले भने, ‘मलेसियाको श्रम समझदारीलाई कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढिसकेको छ।’
‘सिन्डिकेट हटाउँदै ९९ नयाँ स्वास्थ्य संस्था छनोट गरिसकेको र चित्त नबुझ्नेलाई उजुरीका लागि ३ दिनको अवधि खुल्ला गरिएको छ,’ मन्त्री विष्टले भने।
मलेसिया रोजगारीको टुंगो लाग्न अब लामो समय नलाग्ने मन्त्री विष्टले स्पष्ट पारे। मलेसिया रोजगारीमा जाने कामदारको सूरक्षाको प्रत्याभूत गरी कामदार पठाइने मन्त्री विष्टको भनाइ छ।
यो पनिः प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आइटी क्षेत्रमा १ लाख बढी रोजगारी सिर्जना हुने : मन्त्री विष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।