काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालको सन्दर्भमा सबैभन्दा नौलो कार्यक्रम भएको बताएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा 'विनियोजन विधेयक २०७६'का सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री विष्टले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् नेपालमा काम गर्ने उमेर समूहको ठूलो हिस्साले रोजगारी प्राप्त गरेको मन्त्री विष्टले दाबी गरे।
सरकारले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न सम्भावित रोजगारी खोजी गरिरहेको अवस्थामा छोटो अवधिमा ७१ वटा क्षेत्रमा सरकारले रोजगारीका अवसर सिर्जना गरिसकेको जानकारी दिए।
रोजगारीका मुख्य क्षेत्रहरुको पहिचान गरी आउँदो एक वर्षमा कति रोजगारीको सम्भावना रहन्छ र आगामी ५ वर्षभित्रमा कति रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने बारेमा सरकारले अध्ययन गरिरहेको बताए। ‘लाख बढी व्यक्तिलाई सूचना प्रविधि (आइटी) क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुने देखिएको छ,’ मन्त्री विष्टले भने।
रोजगार संयोजक छनोट पारदर्शी भएको बताउँदै परीक्षार्थीले परीक्षा दिएको ३० सेकेन्ड भित्रमा परीक्षाफल प्राप्त गर्ने पहिलो अभ्यास भएको समेत जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।