मुम्बई– भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको संख्या २१ पुगेको छ।
स्थानीय समयानुसार मंगलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले बताए।
करिब दुई करोड बासिन्दा रहेको तटीय सहर मुम्बईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त रहेको छ।
अबिरल वर्षापछि मुम्बई सहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करीब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको मंगलबार नै जानकारी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।