मस्को- रूसी सेवेरोमोस्क्र सहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा भएको आगलागीमा परी कम्तीमा १४ जना रूसी सैनिक कर्मचारीको मृत्यु भएको मस्कोले मङ्गलबार जनाएको छ।
रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पनडुब्वीमा भएको आगलागीका कारण यसमा कार्यरत कर्मचारीको मृत्यु भएको छ।'
'पनडुब्बीमा आगलागी भएपछि निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या हुँदा उनीहरूको मृत्यु भएको हो,' मन्त्रालयले भनेको छ। सोमबारदेखि नै उक्त घटनाबारे रूसी अधिकारीले अनुसन्धान सुरू गरेको बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।