मुम्बई– भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
स्थानीय समयानुसार मंगलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले बताए।
करिब दुई करोड बासिन्दा रहेको तटीय सहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ।
भारी वर्षाका कारण सरकारी बिदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
विश्वविद्यालय र विद्यालयहरू बन्द गरिएको र मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एकसय उडान रद्द गरिएको छ। मौसमी विवरण अखिलेख राख्ने एक निजी निकायले मुम्बईमा १३ इन्चसम्म वर्षा भएको जानकारी दिएको छ।
अबिरल वर्षापछि मुम्बई सहरको मिथी नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।