कर्नाटक- भारतको कर्नाटक राज्यका २ जना विधानसभा सदस्यले सोमबार राजीनामा दिएका छन्।
भारतीय कांग्रेसको तर्फबाट विधानसभा सदस्य भएका २ जनाले राज्य गभर्नर र प्रदेशसभाका सभामुखलाई राजीनामा बुझाएका हुन्।
विजयनगरबाट विधानसभा सदस्य बनेका आनन्द सिंहले सवैभन्दा पहिले गभर्नर भाजुबी भालालाई राजीनामा पत्र बुझाएका थिए भने त्यसको प्रतिलिपि सभामुख रमेश कुमारलाई बुझाएका थिए।
सिंहले राजीनामा दिएको केही घण्टापछि गोकाकबाट विधानसभा सदस्य रमेश जार्कीहोलीले पनि राजीनामा दिएका हुन्। जार्कीहोली मन्त्री बन्न नपाएपछि केही समयदेखि निराश बनेको बताइएको छ।
राजीनामा बुझाएपछि सिंहले पत्रकारहरुसँग भने, 'मैले गभर्नरलाई भेटेर राजीनामा दिएको छु, त्यसको प्रतिलिपि सभामुखलाई बुझाएको छु, मलाई शक्तिमा बसिरहने रहर नभएकाले राजीनामा दिएको हुँ।'
रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।