complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

स्थानीय शेयरधनीलाई छल्न घाटामा गएको उद्योगले चारतारेमा गर्दैछ साधारणसभा 

64x64
नेपाल लाइभ मंगलबार, पुस १८, २०७४  १८:१७
1140x725

काठमाडौं– लगातार घाटामा गएको उद्योगले स्थानीय सेयरधनीलाई छल्न राजधानीको ४ तारे होटलमा साधारणसभा राख्न लागेको छ। विराटनगरस्थित देशकै अग्रणी उद्योग विराटनगर जुट मिलले केन्द्रीय कार्यालय रहेको स्थानभन्दा बाहिर र स्थानीय सेयरधनी सबैको सहभागिता नहोस् भन्दै काठमाडौंमा साधारणसभा राखेको हो।

मन्त्रिपरिषद्को २०७२ को निर्णयविपरीत सरकारी सेयरलाई व्यक्तिका नाममा राख्ने र मिलको ५ अर्बभन्दा बढीको सम्पत्तिलाई समेत व्यक्तिगत बनाउने खेलमा लागेका सञ्चालक समितिकै पदाधिकारीले काठमाडौंमा साधारणसभा राखेका हुन्। साधारणसभा बुधबार कुपण्डोलस्थित हिमालय होटलमा हुँदैछ।

घाटामा गएको र विराटनगरको उद्योगले काठमाडौंको ४ तारे होटलमा साधारणसभा राखेपछि उद्योग मन्त्रालयले समेत चासो लिएको छ। मन्त्रालयले सञ्चालक समितिको नियतमाथि शंका उठेको भन्दै यस विषयमा आन्तरिक छानबिन गर्ने तयारी गरेको छ। मन्त्रालयका एक उच्च कर्मचारीले साधारणसभाको पत्र देखाउँदै भने, ‘घाटामा गएको उद्योगले ४ तारे होटलमा भोज गर्दै रहेछ।’ उनले घाटामा गएको संस्थालाई व्ययभार थप्न लाखौँ खर्चेर काठमाडौंको होटलमा साधारणसभा गर्नुक पछाडि केही रहस्य रहेको आशंका व्यक्त गरे।

जुट मिलको ५ अर्बभन्दा बढीको कुल सम्पत्तीमा सञ्चालक समितिकै बक्रदृष्टि परेको र जुटमिल सञ्चालनका लागि सरकारले नियुक्त गरेको सञ्चालक समितिका पदाधिकारी नै जुट मिल धरासायी बनाउने अभियानमा लागेको तथ्य नेपाल लाइभले यसअघि नै खुलासा गरेको थियो। 

७ वर्षअघि नेपाल सरकारले मिल सञ्चालनका लागि ५५ करोड रुपैयाँ कर्मचारी र मजदुर कटौतीका लागि (पेअफ) दिएको थियो। त्यतिबेला सरकारले आफ्नो नाममा रहेको ४६ दशमलब ५१ प्रतिशत सेयरलाई ६८ प्रतिशतमा पुर्‍याउने सर्तमा जुटमिललाई यति ठूलो रकम दिएको थियो। 

तर, मन्त्रिपरिषदको निर्णय विपरीत २०७२ सालमा निलहरि काफ्लेको अध्यक्षतामा रहेको सञ्चालक समितिले आफूखुसी सेयर निष्कासन गर्दै सरकारी सेयरलाई ६८ बाट ३८ प्रतिशतमा झार्ने र कानुन विपरीत सरकारी सेयर आफूले किनेर सरकारलाई गुमराहमा राख्ने काम गरेको तथ्य प्राप्त भएको हो। 

विराटनगर जुटमिल ६९ बिघामा फैलिएको छ। सरकारी मूल्यांकन अनुसार जग्गाकै मूल्य पनि करिब ५ अर्ब आँकलन गरिएको छ। मिल हाल चालु अवस्थामा छ र यहाँको मेसिनहरुको मूल्यांकन ४० करोड रुपैयाँ बराबर छ। 

प्राप्त तथ्यअनुसार कागजपत्रमा सरकारी सेयर दुरुपयोग गरेपछि घाटामा रहेको विराटनगर जुटमिललाई नाफामा लैजाने उपायका रुपमा विभिन्न स्वार्थपूर्ण निर्णय गराउन खोजिएको छ। मिलले चर्चेको जग्गा अन्य प्रयोजनमा लगाउने र बेच्नेसम्मका उद्देश्य थप गर्न लगाएर प्रयोग गर्न खोजिएको साधारण सेयरधनीले आरोप लगाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विराटनगरमा साधारणसभा गर्दा साधारण सेयरधनीले यी विषयमा प्रश्न उठाउने खतरा देखेपछि काठमाडौंमा गर्न लागिएको हुनसक्ने बताइएको छ। मिलमा कूल ९३ हजार ७ सय ५० कित्ता सेयरधनीमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर छ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले जुटमिलको साधारणसभा ललितपुरको एक होटलमा हुन लागेको फाइल मन्त्रालयका आएको स्वीकार गरे। ‘हिमालय होटलमा साधारणसभा हुँदैछ भन्ने फाइल आएको छ। यो बाहेक अरु जनकारी छैन,’ उनले नेपाल लाइभसँग भने।

जुटमिलका साधारण सेयरधनी प्रमोद लोहनी यसलाई राजनीतिको आडमा सरकारी सम्पत्तीमाथिको डकैती भन्न रुचाउँछन्। ‘सर्वसाधारणलाई जुटमिल चल्न असम्भव छ भनेर यहाँको जग्गा बेचेर खाने नियत देखियो। यो बेइमानी, बदमासी र लुट हो,’ लोहनी भन्छन्। 

विराटनगर जुटमिलको स्थापना राणाकालमा देशको पहिलो उद्योगका रुपमा १९९३ सालमा भएको थियो। प्रजातन्त्रका लागि २००७ सालमा यही जुटमिलबाट क्रान्तिको सुरुवात भएको थियो। नेपालको मजदुर आन्दोलन र ट्रेड युनियनको सुरुवात भएका कारण विराटनगर जुटमिल घाटामा सञ्चालन हुँदा पनि सरकारले अनुदान दिँदै आइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैको फाइदा उठाएर सरकारी नियुक्तिमा आउने व्यक्तिहरु मिललाई फाइदामुखी बनाउने भन्दा पनि कानुन मिचेर यसको सेयर खरिद गर्ने, मिललाई थप धरासायी बनाउने र अर्बौंको अचल सम्पत्ति भागबन्डामा बाँडफाँट गर्ने योजनामा रहेको लोहनी आरोप लगाउँछन्। 

‘सञ्चालक समितिका पदाधिकारीहरु मनखुसी निर्णय गर्छन्। निर्णय के भयो जानकारी पाऊँ भन्दा कागजपत्र दिँदैनन्। उल्टै धम्काउँछन्,’ लोहनीले भने। 

मिल राम्रोसँग सञ्चालन गर्न नसक्दा पछिल्लो समय कम्पनीको नाममा करिब ३ अर्ब रुपैयाँ ऋण रहेको सञ्चालक समितिका पूर्वअध्यक्ष फूलकुमार लालवानी बताउँछन्। उनी पछिल्लो समय कृषिमा आधारित सामानहरुको माग विश्व बजारमा अत्याधिक बढ्न थालेका कारण राम्रो मेनेजमेन्ट भएको खण्डमा विराटनगर जुटमिलको ऋण छोटो समयमै चुक्ता गर्न सकिने र फाइदामा लान सकिने दाबी गर्छन्। 

निलहरि काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिमा सदस्य पनि रहेका लालवानी त्यतिबेला केही त्रुटि भएको स्वीकार गर्छन्। तर, उनी त्यो नियतबस नभई जानकारीको अभावमा भएको प्रतिक्रिया दिन्छन्।

‘सरकारको पैसा भनेको पब्लिककै पैसा हो। त्यतिबेला सरकारको सेयर कसैले किनेको छ भने त्यो गल्ती भएकै हो। त्रृटि सच्चिनुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले छानबिन समिति गठन गर्छ भने पनि हामीलाई आपत्ति छैन।’

प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्