इनरुवा- अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोसीटप्पु वन्यजन्तु आरक्षमा ५ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन्।
प्रदेश १ को प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसीटप्पुमा ठूलो संख्यामा पर्यटक भित्रिएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताए।
आरक्षमा पिकनिक मनाउन र अवलोकन गर्नका लागि सो संख्यामा पर्यटक आएका हुन्। अन्य बेलामा यहाँ दैनिक एक सयदेखि दुई सय पर्यटक आउने गरेको आरक्षका नायब सुब्बा सुरेन्द्र खड्काले जानकारी दिए।
आरक्ष परिसरमा रहेको कृत्रिम अर्ना (मूर्ति) तथा आरक्षको संग्रहालयमा रहेको अर्नाको सिङ अवलोकन गर्न, विभिन्न किसिमका चराचुरुंगी अवलोकन गर्न तथा मनोरञ्जनका लागि बढी मात्रामा नेपाली तथा भारतीय पर्यटक आएको आरक्षले जनाएको छ।
आरक्षमा आएका पर्यटकलाई लाग्ने प्रवेश शुल्क लिएर प्रवेश अनुमति दिएको आरक्षले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।