काठमाडौं– माकलबारी बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारणसभाले उदय सापकोटाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सो अवसरमा संस्थाका अध्यक्ष सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै हालसम्म संस्थामा १ करोड ४३ लाख २७ हजार २५ रुपैयाँको कारोबार भएको जानकारी दिए।
सहकारीका अनुसार, संस्थामा ३ सय १६ जना सेयर सदस्य र ६ सय साधारण वचतकर्ता छन्।
साधारणसभाको उद्घाटन गर्दै काठमाडौं वचत तथा ऋण सहकारी संघका अध्यक्ष केशवप्रसाद दंगालले सहकारीलाई गरिबी निवारणको महत्वपूर्ण कडीको रुपमा विस्तार गर्नु आजको आवश्यकता भएको बताए। यस्तै, संपद साकोसका अध्यक्ष रमेश तिमल्सेनाले सहकारी क्षेत्रको विकास र व्यावसायिकता सँगसँगै अघि बढाउनुपर्ने उल्लेख गरे।
संस्थाले शिक्षा, सवास्थ्य, आवास, यातयात, कृषि, उद्योग तथा व्यापार लगायतका क्षेत्रमा नयाँ कार्यक्रम तय गरी सामूहिक ऋण प्रवाह गर्ने सचिव सुदर्शन सत्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।