सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरिया भ्रमणको विरोध गर्दै शनिबार कोरियाका विभिन्न स्थानमा विरोध कार्यक्रम गरिएको छ।
आप्रवासीहरुप्रति कठोर नीति लिएका ट्रम्पको कोरिया भ्रमणको विरोध गर्दै राजधानी सोलमा निकालिएको र्यालीमा सहभागीहरुले ‘नो ट्रम्प’, 'नो टच साउथ कोरिया' लेखिएका पम्प्लेट बोकेका थिए।
उक्त र्यालीमा यहाँको प्रजातान्त्रिक मजदुर संगठन 'केसिटियू'सहित यहाँ क्रियाशिल प्रवासी मजदुर संगठनहरुको उपस्थिति थियो। उनीहरुले प्रवासीहरुका विरुद्ध नीति लिएका ट्रम्पको कोरियाली नागरिकले स्वागत गर्न नसक्ने बताए।

सहभागीहरुले कोरियाली प्रायद्धिपमा युद्ध निम्त्याएर आफ्नो हतियारको व्यापार बलियो बनाउन ट्रम्प लागिरहेको आरोपसमेत लगाएका छन्।
राष्ट्रपति ट्रम्प २ दिने दक्षिण कोरिया भ्रमणका लागि शनिबार सोल आएका हुन्। यसैक्रममा उनले उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनसँग समेत भेट गर्ने कार्यक्रम तय भएको छ। दुई नेताबीचको भेट कोरियाली सीमा क्षेत्र पुनमानजोममा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।