• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जी–२० राष्ट्रहरुको ओसाका सम्मेलन : चीन-अमेरिका व्यापार युद्धमा केन्द्रित, समाधानको न्यून सङ्केत

64x64
नेपाल लाइभ आइतबार, असार १५, २०७६  ०८:४२
1140x725

–दिलीप शर्मा/रासस

काठमाडौं- अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आवद्ध जी–२० समूह राष्ट्रको वार्षिकरूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका सहरमा भएको छ। सो समूहले विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई तिहाई जनतालाई प्रतिनिधित्व गर्छ। यो समूहको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ।

ओसाका सम्मेलनले पनि गतवर्ष अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्समा सम्पन्न सम्मेलनले जस्तै अमेरिका–चीन व्यापार युद्धलाई प्रमुख एजेन्डा बनाएको छ। यद्यपि यसबारे विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच आफ्ना अडानमा कटिवद्ध बन्दै व्यापार युद्धबाट परेको असरबारे छलफल भएको छ। अमेरिका–चीन व्यापार युद्धले सम्बन्धित मुलुकलाई त आर्थिकरूपमा प्रभावित पारेको नै छ यसबाहेक उनीहरूका उत्पादनमा निर्भर रहने खासगरी यूरोपेली मुलुकको बजार पनि निकै प्रभावित बनेको छ।

शुक्रबार सम्मेलनमा बोल्दै जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिका र चीनले सम्मेलनको अवसरमा व्याप्त व्यापार तनावलाई कम गर्न वा अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिन्। जर्मनीको निर्यातमुखी अर्थतन्त्रमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र दोस्रो ठूलो अर्थतन्त्रबीचको तनावका कारण देखिएको संरक्षणवादी व्यापार नीतिको विशेष प्रभाव परेको मर्केलको निष्कर्ष छ।

सम्मेलनको सिलसिलामा भएको दुईपक्षीय भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विश्वका दुई प्रमुख निर्यातकर्ताले संरक्षणवादी नीति लिनु बाँकी विश्वका लागि दुर्भाग्य भएको जर्मनीको बुझाई रहेको मर्केलको भनाइ छ। 'हामी चाहन्छौँ चीन र अमेरिकाबीच सम्मेलनको साइडलाइनमा वार्ता होस्, जसले वर्तमान व्यवसायिक अन्यौललाई सफलता प्रदान गरोस्,' मर्केलले थपिन्।

विश्व अर्थतन्त्रलाई छाँयामा पारेको भनिएको चीन–अमेरिका व्यापार विवादको निकासका लागि ट्रम्पले पनि फलदायी वार्ता हुने विश्वास व्यक्त गरे। सँगसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, 'अमेरिकी तथा अन्य विश्व समुदायको चासो चीन र अमेरिकाले सम्झौता गरून् भन्ने मात्र नभएर विवादलाई सही निकास दिउन् भन्ने रहेको मैले बुझेको छु। कमसेकम वार्तालाई उत्पादनमुलक बनाउनुपर्छ। हामी हेरिरहेका छौँ कसरी विषयको उठान हुन्छ र निष्कर्ष के आउँछ।' 

उनले भने, 'चीनसँग भएका दुई दिने व्यापार वार्ताले अमेरिकी अर्थतन्त्रलाई उकास्ने छ।' पत्रकारले के अमेरिकाले चिनियाँ राष्ट्रपतिसँग ६ महिनाका लागि गरेको नयाँ कर वृद्धिको घोषणालाई स्थगित गर्न सहमति भयो भनी गरेको प्रश्नमा ट्रम्पले संक्षिप्त जवाफ दिँदै भने, 'भएको छैन।' अमेरिकी राष्ट्रपतिको भनाइले समस्या समाधानतर्फ अघि बढेको सङ्केत देखिँदैन। तर, पनि नेताहरूको ओसाका बसाईले केही त गर्ला भन्ने विश्व समुदायको अपेक्षा भने कायम छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो अमेरिकी व्यवसायी र चिनियाँ व्यवसायीको पनि अपेक्षाको विषय हो। उनीहरूले कमसेकम समयमा नै निश्चित कुरामा सहमति निर्माण गरेमा स्थापित बजारलाई धराशायी बनाउने छैन।

त्यस्तै चीनले अमेरिकाले जी–२० सम्मेलनका अवसरमा हुने वार्ताबाट मध्यमार्गी बाटो अवलम्बन गर्ने विश्वास लिएको छ। चीनको विदेश मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको अमेरिका समकक्षीसँग महङ्गो कर वृद्धिबारे हुने कुराकानीबारे सम्मेलन सुरू हुनु पहिले सार्वजनिक गरेको भनाइमा उल्लेख छ, 'वासिङ्टनले कमसेकम चीनसँग मध्यमार्गी नीतिलाई अघि सारोस् र वार्तालाई सकारात्मक दिशामा अघि बढाउन सहकार्य गरोस्। यो दुबै देशको हितमा रहने र यसबाट अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षालाई पनि सम्बोधन गर्न सकिनेछ।'

दुवै देशका लगानीकर्ताले ट्रम्प र सीले डिसेम्बरमा नयाँ कर वृद्धि रोक्ने निर्णय लिएजस्तो कुनै पहललाई सार्वजनिक गर्नेमा विश्वस्त देखिएका छन्। तर, विश्लेषकले जी–२० सम्मेलनमा हुने सहमति अस्थायी मात्र हुने बताएका थिए। यद्यपि यही अस्थायी सहमतिको सङ्केत पनि अहिलेसम्म मिलेको देखिएको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस पहिले अमेरिका चीनबीचको व्यापार तनाव कम गर्न विभिन्न ११ चरणमा कुराकानी भए पनि समस्यालाई ‘आइसब्रेक’ गर्न भने असमर्थ बनेका थिए। अहिले वार्ता सकिएको छ। बेइजिङले सहमति सन्तुलित हुनुपर्ने जनाउँदै अमेरिकाद्वारा चिनियाँ प्रशासन र कम्पनीले अमेरिकी प्रविधि चोरी गरेको वा हस्तान्तरणका लागि दबाब दिएको भन्ने आरोपको खण्डन गर्दै आएको छ।

चीनका राष्ट्रपति सीले शुक्रबार शिखर सम्मेलनमा सहभागी भएर जी–२० समूहले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरेर विश्व अर्थतन्त्रको खुलापन, सहनशीलता, सन्तुलित र सामान्य हित र कल्याणकारी विकासको प्रत्याभूति दिनुपर्ने बताएका छन्। विश्व व्यापार संगठन सुधार गर्नुको उद्देश्य अझ सशक्त बजारलाई खुला पार्ने, विकासलाई अघि बढाउने हुनुका साथै सुधारको नतिजा स्वतन्त्र व्यापार र बहुपक्षीयतावादको संरक्षण गर्ने, विकासको अन्तरलाई सानो बनाउनेमा हितकर हुनुपर्ने राष्ट्राध्यक्ष सीको भनाइ छ।

विभिन्न पक्षले मौद्रिक सुरक्षाको प्रत्याभूति गर्नुका साथै अन्तर्राष्ट्रिय मौद्रिक बनोट अझ उचित बनाउने, अझ राम्रो वास्तविक विश्व आर्थिक अवस्थालाई प्रतिक्रिया गर्नुपर्नेमा सीले जोड दिए। यसबाहेक उनले हाल चीनले बजारलाई अझ खुला पार्ने लगायत पाँच बुँदे प्रतिवद्धता पनि घोषणा गरेका छन्। जसमा निरन्तर रुपमा बजारलाई खुला गर्ने, सक्रियरुपमा आयातलाई विस्तृत पार्ने, निरन्तर रुपमा व्यवसायिक वातावरणलाई सुधार्ने, चौतर्फी रुपमा चीनमा रहेका देशी विदेशी व्यवसायलाई समान सेवा गर्ने र जोडतोडका साथ आर्थिक व्यापारिक वार्तालाई अघि बढाउने भन्ने रहेका छन्।

खुला विश्व अर्थतन्त्रको निर्माण गर्ने सकारात्मक सदस्यको हैसियतले चिनियाँ राष्ट्रपति सीले विविध ठाउँमा संयुक्त प्रयासमार्फत खुला विश्व अर्थतन्त्रको निर्माण र संरक्षण गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्वस्थ र जिवन्तरूपमा कायम राख्न विभिन्न मुलुकसँग आह्वान गरेका थिए। खुला विकास, आपसी हितयुक्त र साझा जीत भन्ने चीन र विश्वको साझा लक्ष्य भएको उनको भनाइ छ। ओसाका शिखर सम्मेलनबाट विश्व सामु बहुपक्षीयतावादलाई कायम राख्ने, अन्तरराष्ट्रिय प्रणाली र स्वतन्त्र व्यापारिक व्यवस्थाको संरक्षण गर्ने स्पष्ट सङ्केत दिन सकिने चीनले आशा गरेको बताइएको छ।

शिखर सम्मेलनमा सहभागी नेताले विश्व आर्थिक परिस्थिति, व्यापार, लगानी, सिर्जनशीलता र डिजिटल अर्थतन्त्र आदि विषयबारे विचार–विमर्श गरेका छन्।

यसैबीच चीन, रुस, भारतका शीर्ष नेताबीच पनि सम्मेलनको सिलसिलामा भेटघाट भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अहिलेको अन्तर्राष्ट्रिय अवस्था, महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति, त्रिपक्षीय सहयोगबारे सीले वैचारिक आदानप्रदान गरेका थिए। नेताहरूले निरन्तर रुपमा चीन–रुस–भारत सहयोगात्मक संयन्त्रको संरक्षण गर्ने, प्रयोग गर्ने र विकसित पार्दै क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिलाई अघि बढाउन अझ बढी योगदान गर्ने मतैक्यता जनाएका पनि बताइएको छ।

त्यस्तै उक्त मुलुकका विदेशमन्त्री तथा उच्च सुरक्षा अधिकारी स्तरीय भेट भएको र उनीहरूले आतङ्कवाद, लागुऔषध कारोबार, तस्करी तथा अन्य साझा चुनौतीबारे छलफल गरेका पनि चीनले बताएको छ। यस्तै रूसी नेता पुटिनले रूस, चीन र भारतले संरक्षणवाद, एकपक्षीय गतिविधि, तथा गैरकानुनी प्रतिबन्धको खुलेर सामना गर्न भेटमा जोड दिकउा थिए।

सम्मेलनमा इरानसम्बन्धी विवाद र जलवायु परिवर्तनबारे सामान्य छलफल भए पनि व्यापार विवादको विषयले यसलाई ओझेलमा पारेको विश्लेषकहरूको बुझाई छ। इरानमा अमेरिकी नाकाबन्दीका कारण तेल कारोबारमा भएका कठिनाई र इरानसँग सन् २०१५ मा भएको सम्झौतालाई पालना गरेर अघि बढ्न अधिकांश सहभागीको राय रहे पनि यसबारे विस्तृत छलफलहरू हुन सकेन। अमेरिका इरान विवाद पछिल्लो समय नयाँ समस्याका रूपमा देखिएको छ।

सम्मेलनमा जलवायु परिवर्तनको विषयले जी–२० राष्ट्रलाई विभाजित बनाएको बताइएको छ। अमेरिकाले जी–२० समूह राष्ट्रका नेतालाई जलवायुबारे उनीहरूको अडानलाई नरम पार्न आग्रह गरेको छ। तर, यसको अमेरिकाका सहयोगी तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा अमेरिकाका सहयात्रीबीच नै विभाजन देखिएको छ।

युरोपेली नेताहरूले अमेरिकी आग्रहलाई इरानसँगको आणविक सम्झौतालाई पालना गर्नुपर्ने तर्कलाई सम्मेलनमा दोहोर्‍याएका छन् भने जलवायु परिवर्तनको पेरिस सम्झौतालाई अक्षरशः पालना गर्नुको विकल्प नरहेको बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले पेरिस सम्झौताका कुनै पनि प्रावधान आफूहरूका लागि रेडलाइन भएको बताए।

अहिले पनि अमेरिका र रूसबीचको सम्बन्ध तनावपूर्ण नै रहँदै आएको छ। तर, त्यहाँ नेताहरूबीच भने सम्बन्धमा पहिलेजस्तो चीसोपन नरहेको पुष्टि ती देशका नेताहरूबीच हुने भेट र कुराकानीले अनुभुत गराउँछ।

सम्मेलनको सिलसिलामा ट्रम्प र पुटिनबीच भएको अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाबारेको बैठकबारे समाचार संस्था 'अल जजिरा'का जेम्स बेसले भने, 'यी दुई मुलुकबीच धेरै महत्वपूर्ण विषयमा प्रायः विवाद रहने गर्छ। अमेरिकी सैन्य कमाण्डरसँग छुट्टै भेटेर सोध्ने हो भने उनले भन्नेछन् आफू रूस, रूसका कारण यूक्रेनका लागि खतरा, रूसको सिरियामा सम्लग्नता, रूसले केही सन्धिबाट बाहिरिने प्रयास गरेकोलगायतका कुराले ती देशबीच रहेको गहिरा द्वेषपूर्ण भावनालाई चरितार्थ गर्छ। तर, पनि नेताहरूबीच कतिपय अवस्थामा हुने कुराकानी सौहाद्र रहेको अनुभूति गर्न सकिन्छ,' उनले थपे, 'यो तनावको समय हो तर दुई नेताबीचको कुराकानीमा तनावपूर्ण वातावरण नभएकोजस्तो महशुस हुने गर्छ।'

ट्रम्पलाई सञ्चारकर्मीले क्यामेरा देखाएर माइक्रोफोन तेर्साएर सम्मेलनका सिलसिलामा 'पुटिनलाई अमेरिकी निर्वाचनमा हस्तक्षेप नगर्न भन्नुभयो?' भनी गरिएको प्रश्नमा अमेरिकी राष्ट्रपतिले ठट्यौलो भावमा भने, 'हो, पक्कै पनि, मैले भनें।' त्यसपछि उनले पुटिनतर्फ फर्केर मुस्कुराउँदै भनेका थिए, 'कृपया निर्वाचनमा हस्तक्षेप नगर्नुहोला।'

'चीन-अमेरिका व्यापार सम्बन्धले निकै जटिल बनेको र यसले विश्वको आर्थिक वृद्धिलाई सुस्ततातर्फ धकेलेको छ,' सम्मेलनमा सहभागी यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड यङ्करले बताए।

उनले अमेरिका, चीन र जापानसँग निकटमा रहेर विश्व व्यापार संगठनलाई सुधार गर्न लागेको प्रतिक्रिया दिए।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विश्व व्यापार संगठनलाई सुधारसहित अघि बढ्नु अहिलेको आवश्यकता रहेकोमा सम्बोधनका क्रममा जोड दिएका थिए।

विश्व अर्थतन्त्र विकासलाई विशेष गरी एकपक्षीय निर्णयले सञ्चालन हुनु सही नहुने प्रधानमन्त्री मोदीको तर्क थियो। उनले एक पक्षको अडानका कारण बाँकी विश्व यसको शिकार बन्नु दुभाग्यपूर्ण भएको बताए। यो भनाइ भारतमाथि हालै अमेरिकाले गरेको करवृद्धि न्यायसङ्त नरहेको भन्ने तर्क भारतीय प्रधानमन्त्रीको थियो। यो मोदीको अमेरिकी ट्रम्प प्रशासनप्रतिको असन्तुष्टि झल्किने अभिव्यक्ति हो भन्ने विश्लेषकहरूले बताएका छन्।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार संंस्थाहरूको सहयोगमा)

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्