चितवन- चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ मनाउन पर्यटक ओइरिएका छन्।
सौराहाका १ सय १० होटल आन्तरिक पर्यटकले खचाखच भएको क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले बताए।
'१५/२० प्रतिशत मात्रै बाह्य पर्यटक छन्, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो', उनले भने।
आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउन समेत समस्या परेको व्यवसायीले बताएका छन्। बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन्।
सौराहामा सुविधायुक्त १ सय १० होटलमा दैनिक दुई हजार ८ सय पर्यटक राख्न सकिने क्षमता छ। अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक गए राति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए।
सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले पुस ११ गतेदेखि सुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा आइतबार भने नयाँ वर्ष मनाउन सौराहामा बढी पर्यटक आएको बताए।
सौराहा आउने पर्यटकले मुख्यगरी हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैंडा, बाघ लगायत जंगली जनावर हेर्न रुचाउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।