पेरिस- फ्रान्समा पहिलो पटक ४५ दशमलव ९ डिग्री सेल्सियस (११३.६ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको छ।
यो फ्रान्सको नयाँ रेकर्ड हो। दक्षिणी गाउँ गलार्गेस ले मोन्टेक्समा यो तापक्रम मापन गरिएको हो। यसअघि सन् २००३ मा तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस पुगेको थियो। उक्त तातोका कारण हजारौंको मृत्यु भएको थियो।
स्वास्थ्यमन्त्री एग्नेस बुजिनले उच्च तापमानका कारण यहाँ हरेक मानिस खतरामा रहेको चेतावनी दिएका छन्।
जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम वृद्धिको समस्या देखिनेक्रम जारी रहिरहँदा फ्रान्समा पनि यसको प्रभाव देखिएको मौसम विज्ञान विज्ञहरूले बताएका छन्। उनीहरूले लामो समयसम्म वर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रम वृद्धि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।