काठमाडौं- जापानको ओसाकामा जारी जी-२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच शुक्रबार 'साइडलाइन' वार्ता भयो।
आजैबाट सुरु भएको सम्मेलनका क्रममा भएको वार्तामा राष्ट्रपति ट्रम्पले ठट्टैठट्टामा रूसी समकक्षी पुटिनलाई आगामी वर्ष हुने चुनावमा हस्तक्षेप नगर्न आग्रह गरे।
उनीहरुबीचको वार्ताका क्रममा पत्रकारहरुले ‘रुसलाई अर्को वर्षको चुनावमा हस्तक्षेप नगर्नू भन्नुहुन्छ कि भन्नहुन्न?’ भन्दै ट्रम्पलाई सोधेका थिए।
जवाफमा ट्रम्पले किन नसोध्नु भन्दै जिस्किएर अर्को कुर्सीमा बसेका पुटिनलाई भने, 'कृपया, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू।'
ट्रम्पको ठट्टा सुनेर पुटिन मुसुमुसु हाँसे मात्रै। पुटिनले केही पनि जवाफ दिएनन्। सो क्रममा वार्तामा सहभागी दुवै पक्षमा अधिकारीहरु मुस्कुराएका थिए।
हेर्नुहोस् भिडियोः
(भिडियो-बिबिसी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।