काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्।
गुरुङ समुदायको नयाँ वर्ष तमू ल्होसारको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको बताए।
प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको कांग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा कांग्रेसलाई शंका नगर्न आग्रह गरे।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै उहाँले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।