कानो, नाइजेरिया– बोको हरामको हिंसाका कारण विस्थापित भएका नाइजेरियाका हजारौं नागरिकले प्रदर्शन गरेका छन्।
नाइजेरियाको मैदुगुरीमा बिहीबार खाद्य अभाव र औषधिको अभाव भएको भन्दै सडकमा हजारौं विस्थापितले प्रदर्शन गरेका हुन्।
आन्तरिक रुपमा विस्थापित भएका झण्डै चार हजार जनाले राजमार्ग नै बन्द हुनेगरी प्रदर्शन गरेका थिए।
बोर्नो प्रदेश अन्तर्गत पर्ने आठ जिल्लाका झण्डै ३३ हजार विस्थापित रहेकोमा उनीहरुले आधारभूत सेवा सुविधा उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको जनाएका छन्।
“हामीले भोक लाग्दा खान र विरामी हुँदा औषधि पाएका छैनौ,” प्रदर्शनमा सहभागी सानी अबुबाकरले भने।
औषधिको अभावले एक हप्ताको अवधिमा कम्तीमा छ जनाको मृत्यु भएको अर्का विस्थापित लाराबा बुबाले दावी गरे। उनले अति भएर आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको पनि जानकारी दिए।
उनका अनुसार खाद्य पदार्थ र औषधि कहाँ, कहिले, कति पाइन्छ भन्ने बारेमा अहिलेसम्म अनिश्चित रहेको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।