काठमाडौं- माओवादी केन्द्रका केन्द्रीय सदस्य झम्क पराजुलीले प्रदेशसभाको समानुपातिकतर्फको नामावली सच्याउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
प्रदेश नम्बर ३ बाट एक नम्बर सूचीमा रहेको आफ्नो नाम हटाउँदै अनधिकृत मानिसलाई समानुपातिकतर्फबाट सांसद बनाइएको भन्दै पराजुलीले सूची सच्याउन माग गरेका छन्।
निर्वाचन आयोगमा बुझाइएको प्रदेशको समानुपातिक सांसदको नामावलीमा पराजुलीको नाम पहिलो नम्बरमा थियो। तर, सिट बाँडफाँटपछि आयोगमा बुझाइएको अन्तिम सूचीमा पराजुलीको नाम हटाउँदै प्रदेश संयोजक झक्कु सुवेदीले आफ्नी छोरी भावना सुवेदीलाई प्रदेश सांसदमा सिफारिस गरेका छन्।
पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाइमा म रहेको आम जनसमुदायमा जानकारी गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।