श्रीनगर– भारत नियन्त्रित काश्मिरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्य भएको छ।
बिहीबार भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जना युवती तथा विद्यार्थी रहेका छन् भने अरु आठ जना घाइते भएका छन्।
पहाडी बाटोमा गुडिरहेका बेला चालकले नियन्त्रण गर्न नसकेपछि बाटोदेखि तल खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
काश्मिरको गृष्मकालीन राजधानी श्रीनगर शहरदेखि ८ किलोमिटर टाढा पर्ने शोपिआन जिल्लाको पिर कि गाली भन्ने ठाउँमा दुर्घटना भएको हो।
'एउटा दुखद् दुर्घटनामा परी आज यहाँ कम्तीमा ११ जनाको मृत्यु भएको छ, ती मध्ये नौ जना युवती रहेका छन्,' एक जना प्रहरी अधिकृतले भने।
उनले थपे, 'बाटोदेखि तल खसेर भएको दुर्घटनामा परी अरु आठ जना घाइते पनि भएको पाइएको छ।'
घाइतेहरू मध्ये सात जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्रीनगर पठाइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।