लन्डन- एयर इन्डियाको एक विमानमा बम भएको हल्ला फैलिएछि आकस्मिक अवतरण गरिएको छ।
हल्लापछि लन्डनको स्टैनस्टेड विमानस्थलमा अपातकालीन अवतरण गरिएको थियो। एयर इन्डियाको एआई–१९१ जहाज मुम्बईका लागि उडेको थियो। बमको सूचना प्राप्त भएपछि अचानक पुन: फर्काएर लन्डन विमानस्थलमा अवतरण गरिएको हो।
उक्त विमानस्थलमा अवतरण भएको विमानको सुरक्षा जाँचको कार्य चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।