पोखरा- सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ।
पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन गरिएको छ।
मेलामा हस्तकला, कृषि, पुष्प, गाडी, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि, दैनिक उपभोग्य वस्तु, घरायसी र शृङ्गारका सरसामान तथा लत्ताकपडाको बिक्री वितरण गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पलिखेले जानकारी दिए। ‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना हुने मेलाबाट बचत भएको रकमले प्रदर्शनी केन्द्रमा थप एउटा अत्याधुनिक गुम्बज बनाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।