सोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ।
दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ। दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान बुधबार बिहान दक्षिण कोरिया आइपुगेका थिए।
सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण गरेको बताइएको छ। यसअघि १९९८ मा उनले दक्षिण कोरियाको भ्रमण गरेका थिए।
राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सूचना र सञ्चार प्रविधि, स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।