मोगादिसु- विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ।
आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो। नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका आप्रवासी खतरामा रहेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले जनाएको छ।
विस्तापित भएर खतरापूर्ण जीवन बिताउनेमा ६ सय ८२ घरपरिवारका ३ हजार ९ सय १४ जना रहेको आइओएमको तथ्याङ्क छ।
मङ्गलबार बेलुकी आइओएमद्वारा जारी वक्तव्यमा खतरापूर्ण अवस्थामा रहेकालाई अन्यन्त्र स्थानान्तरण गर्ने क्रम सुरु भएको उल्लेख छ। यो क्रम जुलाईसम्म जारी रहने वक्तव्यमा जनाइएको छ।
उनीहरुलाई अहिलेकोभन्दा राम्रो ठाउँ, राम्रो अवस्था र सुहाउँदो जमिनको समेत व्यवस्था गर्न लागिएको आइओएमका अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।