मस्को- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ।
जी-२० सम्मेलनका क्रममा जापानमा उनीहरूबीच यही साता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले बुधबार जनाएको छ।
दुवै नेताहरूबीच इरानसँग अमेरिकाको चर्किंदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन्।
इरानसँगको विवाद चर्किंदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो।
पुटिनले जापान भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ।
पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार जापानको पश्चिमी सहर ओसाकामा भेट्ने अधिकारीहरूले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।