काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको शुमकामना व्यक्त गरेकी छिन्।
तमु ल्होसारका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले हिमाल, पहाड, तराई र मधेसमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरेकी छिन्।
यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न प्रेरणा मिलोस् भन्नेसमेत उनले कामना गरेकी छिन्।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना व्यक्त गर्दै ल्होसार जस्ता चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कामय राख्ने बताएका छन्। बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै सन्देशमा उनले यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।