काठमाडौं- प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिस नगरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) कार्यालय तोडफोड भएको छ।
कर्मचारी मञ्चले शुक्रबार साँझ प्रदेशसभातर्फ समानुपातिक सिटमा मनलाग्दी व्यक्तिको सिफारिस गरेको भन्दै तोडफोड गरेको महासचिव केशव झाले बताए।
मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकको सूचीमा थिए। उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए।
तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो। उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।