काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिकसँगै महानगरभित्र अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गर्ने सवारी चालक तथा धनीले तिर्नु पर्ने जरिवानासमेत सार्वजनिक गरेको छ।
महानगरले मोटरसाईकलसँग १ हजार, तीनपांग्रे सवारी साधनको हकमा २ हजार रुपैयाँ जरिवाना तोकेको छ।
एक हजार सीसीसम्मको सवारीका लागि २५ सय, १ हजार देखि १५ सय सीसीसम्मको लागि ५ हजार, १५ सय देखि २२ सय सीसीसम्मका लागि ७ हजार र २२ सय सीसी भन्दा माथिका लागि १० हजार जरिवाना तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।