कांठमाडौं- नेपाली कांग्रेसले प्रदेशसभातर्फको समानुपातिकमा सांसद बन्नेको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ७२ सिटका लागि सबै प्रदेशबाट सांसद बन्नेको सूची तयार गरेको हो। कांग्रेसले उक्त सूची निर्वाचन आयोगलाई बुझाएको नेता प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा समानुपातिकतर्फका सांसदको नाम मात्रै सिफारिस गरिएकाले अरु विषयमा छलफल नभएको उनले बताए। चुनावको समीक्षा, हारका कारणको खोजी लगायतका विषयमा अर्को बैठकमा छलफल हुने महतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।