नयाँ दिल्ली- भारतको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन्।
भेटमा एस-४०० डिल, रूस, व्यापार तथा अन्य समसामयिक विषयमा कुराकानी हुनसक्ने बताइएको छ।
पोम्पेओले आजै भारतीय समकक्षी एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ। जयशंकर र पोम्पेओबीच जी-२० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ताबारे वातावरण मिलाउने बारे छलफल हुने बताइएको छ।
जी-२० सम्मेलन यसै साता जापानको ओसाकामा हुँदैछ।
यो सम्मेलनमा प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री जयशंकर पनि साथमै जानसक्ने आँकलन गरिएको छ। यसअघि विदेशमन्त्री रहेकी शुस्मा सोराज भने मोदीका साथमा जाने गर्दिनथिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।