बेइजिङ- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छिन्।
'चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ आउने कार्यक्रम तय भइसकेको छ,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए।
चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३औँ गृष्मकालीन डेभोस फोरममा पनि सहभागिता जनाउनेछिन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।