संखुवासभा- संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले १० वर्षे संरक्षित वन परियोजना लागू गरिएको छ।
टिएमजेका नामबाट परिचित उक्त क्षेत्र पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको छ। टिएमजे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि वन मन्त्रालयले जिल्ला वन कार्यालयमार्फत पाँचवर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना अघि बढाएको हो।
नेपालमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका लालीगुराँस पाइने यस क्षेत्रलाई ‘गुराँसको राजधानी’ का रुपमा पनि चिनिँदै आएको छ। जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा दर्जनौँ लोपोन्मुख वन्यजन्तु र जडीबुटी पाइन्छन्।
संरक्षित वन परियोजनाको कार्ययोजना ‘ग्रीन सोलुसन नेपाल’ ले तयार गरेको हो। यस क्षेत्रमा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाबाट भ्रमणमा आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ।
जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचारप्रसारमा जोड दिँदै पर्यटकीय पूर्वाधारको विकास गर्न सकिए संखुवासभा र तेह्रथुमको मात्र नभएर सिंगो प्रदेश नं १ को आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने पर्यटन क्षेत्रमा आबद्ध मनबहादुर लिम्बुको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।