काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम चाँडो सार्वजनिक गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।
अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमामा बिहीबार बसेको स्थायी कमिटि बैठकले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले गरिरहेको ढिलाइप्रति असन्तुष्टि ब्यक्त गरेको हो।
एमाले उपाध्यक्ष भीम रावलले निर्वाचन परिणाम यथासक्य चाँडो सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाब दिने निर्णय भएको जानकारी दिए।
निर्वाचनको मतपरिणाम सार्वजनिक नहुँदा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै रावलले त्यस विषयमा आयोगसँग छलफल गर्ने निर्णय गरिएको बताए।
बैठकले प्रदेशसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम समेत टुंगो लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।