कङ्गोमा इबोलाबाट १० महिनामा १५ सयको मृत्यु

नेपाल लाइभ | २०७६ असार १० मंगलबार | Tuesday, June 25, 2019 ०६:३६:०० मा प्रकाशित

किन्सास- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका कारण झन्डै दश महिनाको अवधिमा १ हजार ५ सय ६ जनाको मृत्यु भएको हो।

आइतबारसम्ममा इबोलाबाट २ हजार २ सय ३९ जना बिरामी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। इबोला भाइरसले युगाण्डालगायतका छिमेकी देशबाट आएकाहरूलाई पनि प्रभावित पारेको समाचारमा जनाइएको छ।

इबोला नियन्त्रण गर्न एक लाख ४१ हजार जनालाई खोप दिइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्। विशेष गरेर देशको इतुरी र दक्षिणी किभु प्रान्तमा यसको प्रभाव बढी देखिएको छ।

इबोला भाइरसबाट संक्रमित व्यक्तिको रगत तथा पिसावलगायत शरिरबाट हुने अन्य तरल पदार्थको आदानप्रदान यो रोग अर्को व्यक्तिमा सर्ने गरेको चिकित्सकहरुले बताएका छन्।

यो रोगबाट कङ्गोमा मृत्यु हुने र प्रभावित हुनेहरुको संख्या अत्यन्त डरलाग्दो रहेको छ। यस बाहेक लाइबेरिया, गुइनेया र सेरालोनमा सन् २०१४ देखि २०१६ सम्ममा ११ हजार ३ सय भन्दा बढीको मृत्यु भएको थियो। रासस/एएफपी